Play

गरिमा विकास बैंक र चार्टर्ड एकाउण्टेण्ट संघबीच सम्झौता, आकर्षक ब्याजदरमा कर्जा उपलब्ध गराइने

गुरुकुल खबर


पोखरा, विकास बैंकहरु मध्येको एक उत्कृष्ट बैंकको रुपमा रहेको गरिमा विकास बैंक लिमिटेडले चार्टर्ड एकाउण्टेण्टहरुको लागि आकर्षक ब्याजदरमा विभिन्न कर्जा सुविधाहरू प्रदान गर्ने भएको छ।

गरिमा विकास बैंक र नेपाल चार्टर्ड एकाउण्टेण्ट संघ बीच भएको समझदारी पत्रमा संघमा आबद्द सदस्यहरुले न्युनतम  रु.७५ हजार देखि रु.५ लाख सम्मको क्रेडिट कार्ड सुविधा प्राप्त गर्नुका साथै आवश्यक प्रक्रिया पूरा गरी बिना धितो रु.१५ लाखसम्मको व्यक्तिगत प्रोफेसनल कर्जा प्राप्त गर्न सक्नेछन ।

त्यसैगरी गरिमा विकास बैंकले नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघमा सदस्यहरूलाई घर कर्जा तथा सवारी साधन कर्जा पनि आकर्षक ब्याजदरमा प्रदान गर्ने जनाएको छ। बैंकका अनुसार यस सुविधाले पेशागत रूपमा सक्रिय चार्टर्ड एकाउण्टेण्टहरूको वित्तीय आवश्यकतालाई सहज बनाउने अपेक्षा गरिएको छ।

सम्झौताबारे जानकारी दिँदै गरिमा विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद आचार्यले पेशागत समूहलाई लक्षित गरी गरिने यस किसिमको समझदारीले  बैंकिङ पहुँच विस्तार गर्नुका साथै पेशागत विकासमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरे। बैंकले भविष्यमा पनि विभिन्न पेशागत संघ–संस्थासँग सहकार्य गर्दै ग्राहक केन्द्रित वित्तीय सेवा विस्तार गर्दै जाने प्रतिबद्धता जनाएको छ।

१५ माघ २०८२, बिहीबार १५:०८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा