Play

पोखरा लेडी जेसिजद्वारा पोखराको राधाकृष्ण बृद्धाश्रममा न्यानो कपडा र अन्य सामग्री सहयोग

गुरुकुल खबर


पोखरा, मानवताको सेवा जीवनको सर्वोत्तम कार्य हो भन्ने भनाइलाई आत्मसात गर्दै पोखरा लेडी जेसीजले मङ्गलबार वार्षिक कार्ययोजना अन्तर्गत पोखरा महानगरपालिका -३२, गगनगौंडा स्थित राधाकृष्ण वृद्धाश्रममा रहेका ५० जना वृद्धबृद्धालाई न्यानो कपडा र अत्यावश्यक सामग्रीहरु वितरण गरेको छ।

पोखरा लेडी जेसीजका अध्यक्ष सुनिता गौतम भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्रादेशिक जनरल तथा सरुवा रोग अस्पताल व्यवस्थापन समिति अध्यक्ष ऋषिराम जमरकटेल, विशेष अतिथिहरू राधाकृष्ण वृद्ध आश्रमका अध्यक्ष विश्वराज लामिछाने, समाजसेवी मिनबहादुर भण्डारी, लेखनाथ जेसीज वर्ष २०२६ का अध्यक्ष सर्वेन्द्र न्यौपाने, पूर्व अध्यक्ष मिनु श्रेष्ठ कुवँर तथा समाजसेवी कृष्ण अधिकारी लगाएत रहेका थिए।

उक्त कार्यक्रममा लेडी जेसिजका पदाधिकारी एबम अग्रज सहित कार्यक्रममा आमन्त्रित अतिथिहरुले ति सामग्री हस्तान्तरण गर्नुको साथै मानबिय सेवा नै सबैभन्दा ठुलो धर्म रहेको बताएका थिए ।

सरिता भुजेलले संयोजन गरेको कार्यक्रम सञ्चालन सृजना आलेको रहेको थियो ।  कार्यक्रमले वृद्धबुबाआमाहरूको दैनिकीमा राहत पुर्‍याउनुका साथै सामाजिक उत्तरदायित्वप्रति जेसीआई पोखरा लेडी जेसीजको प्रतिबद्धता पुनः उजागर गरेको सहभागीहरूले बताएका छन्।

१४ माघ २०८२, बुधबार २३:१५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा