Play

टाइगर कप आमन्त्रित क्लब च्याम्पियनसिप: न्यु डायमण्ड स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लब फाइनलमा

गुरुकुल खबर


पोखरा, पोखरा रंगशालामा जारी छैटौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिपको महिलातर्फ न्यु डायमण्ड स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेका छन्। बर्षाका कारण बाहिरको भलिबल मैदानमा खेल हुन् नसकेपछि पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्डहलमा बुधबार भएको खेलमा न्यु डायमण्डले थाइल्याण्ड क्विन्सलाई ३–० को सोझो सेटमा पराजित गरेपछि पुलिसको फाइनल यात्रा तय भएको हो। न्यु डायमण्ड प्रतियोगितामा अपराजित रहँदै फाइनल पुगेको छ।

थाइल्याण्डविरुद्धको खेलमा न्यु डायमण्डले पहिलो सेट २५–२१, दोस्रो सेट २५–२३ र तेस्रो सेट २५–२० ले आफ्नो पक्षमा पार्यो। थाइल्याण्डको हारसँगै ४ खेलबाट ७ अङ्क जोडेको पुलिस फाइनल पुग्ने दोस्रो टोली बनेको हो। थाइल्याण्ड भने ४ खेलबाट ६ अङ्क प्राप्त गर्दै उपाधि दौडबाट बाहिरियो। अब उपाधिका लागि न्यु डायमण्ड र पुलिस भिड्नेछन् भने तेस्रो स्थानका लागि थाइल्याण्ड र सशस्त्र प्रहरी बल (एपीएफ) बीच प्रतिस्पर्धा हुनेछ। तेस्रो स्थानको खेल बिहीबार र फाइनल शुक्रबार हुने आयोजकले जनाएका छन्।

यसैगरी आज बुधबार भएको पहिलो खेलमा नेपाल पुलिसले एपीएफलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । जितसँगै पुलिसको फाइनल खेल्ने सम्भावना कायमै रहेको छ । पुलिसले पहिलो सेट २५–१६, दोस्रो सेट २५–१३ र तेस्रो सेट २५–१९ ले आफ्नो पक्षमा पार्न सफल भयो। पुलिसकी मिना सुनार प्लेयर अफ द म्याच बनिन् ।

४ खेलबाट ७ अंक जोड्दै पुलिस दोस्रो स्थानमा उग्लिएको छ । पराजित भएको एपीएफ उपाधि दौडबाट बाहिरिएको छ । एपीएफले ४ खेलबाट ५ अंक जोड्यो । ३ खेलबाट ९ अंक जोड्दै न्यू डायमण्ड स्पोट्स क्लबले फाइनलमा स्थान बनाइसकेको छ । थाइल्याण्ड क्विन्स ३ खेलबाट ६ अंक जोड्दै तेस्रो स्थानमा छ । त्रिभुवन आर्मी क्लब ४ खेलबाट जितविहीन रहदै बाहिरिसकेको छ ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा १७ माघसम्म चल्ने च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी छन्। सिंगल राउण्ड रोबिनका आधारमा सञ्चालित प्रतियोगिताका शीर्ष २ टोलीले फाइनल खेल्ने प्रावधान छ। पुरुषतर्फ पनि पुलिस र एपीएफ तथा त्रिभुवन आर्मी क्लब र पर्वत जिल्ला भलिबल संघबीच प्रतिस्पर्धा हुँदैछ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टोलीलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ।

१४ माघ २०८२, बुधबार २१:१३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा