पोखरा, नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको कारण गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा बर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ आज बुधबार बिहानको समयमा पोखरा क्षेत्रको मौसम चिसो र बादल लागेको अबस्थामा छ केहि स्थानमा सामान्य बर्षा पनि भैरहेको छ देशका बिभिन्न भागमा आंशिक वा पूर्ण बादल लागेको छ।
आज दिउँसो देशको उच्च पहाडी तथा हिमाली भूभागमा पूर्णतया बादल लाग्नेछ र बाँकी पहाडी र तराईका भूभागमा साधरणतया बादल लाग्नुको साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा मध्यम हिमपातसहित वर्षाको सम्भावना रहेको छ ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका बाँकी भूभागका केही स्थानहरूमा मध्यम वर्षा तथा बागमती, मधेस र कोशी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा र कोशी प्रदेशको तराईको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
आज राति देशको पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
















