Play

एमालेको आन्तरिक बिबादकाबिच कास्की-२ को उमेदवार बन्ने रश्मि आचार्य को हुन र कसरी पाए टिकट ?

गुरुकुल खबर


पोखरा, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष तर्फको निर्बाचनमा नेकपा एमालेको तर्फबाट कास्की क्षेत्र न. २ मा उमेदवार बनेका छन रश्मि आचार्य। पोखरा महानगरपालिका -३३, भरतपोखरीमा २०३७ सालमा जन्मिएका आचार्यले  प्राथमिक शिक्षा स्थानिय ब्रह्मज्योती प्राबि र माध्यमिक शिक्षा सोही ठाउँको श्री शान्ति उदय माबिबाट प्राप्त गरेका हुन । बिधालय तह र बिश्वबिधालय तहको पढाइमा अब्बल बिधार्थीको रुपमा चिनिने आचार्यले पोखराको पृथ्वीनारायण क्याम्पस आइएस्सी उत्तीर्ण गरेका थिए त्यसपछि उनले बिबिएस र एमबीएसको पढाइ सकेर त्रिभुवन विश्वबिधालयबाट नै राजनितीशास्त्रमा स्नातकोत्तर उपाधी हासिल गरेको बताईएको छ।

नेपाल ल क्याम्पस काठमाडौँबाट एलएलबि उतिर्ण गरेर  कानुन व्यवसायीको रुपमा समेत अनुभव संगालेका आचार्य हाल ईन्टरनेसनल रिलेसन र डिप्लोमेसीमा पिएचडि स्कलरको रुपमा अध्ययनरत छन । ४५ बर्षको उमेरमा नेपालको पुरानो राजनीतिक दल नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यको उमेदवार बन्ने अवसर पाएका रश्मि आचार्यको राजनीतिक सक्रियता बिधार्थी जिबनकालबाट नै शुरु भएको हो । ‘मेरो राजनीतिक यात्रा विद्यालय जीवनदेखि नै शुरु भएको हो र तत्कालिन समयमा नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुबाट सुरु भएको मेरो राजनीतिक जिबन अहिले पार्टीको केन्द्रीय सदस्यसम्म आइपुगेको छ।’ आचार्यले भने।

आचार्यले विसं २०५० देखि २०७७ सम्मको करिब तिन दशकसम्म उनि विद्यार्थी राजनीतिमा निरन्तर सक्रिय रहे। २०६० मा अनेरास्ववियु कास्कीको अध्यक्ष, २०६२ मा पोखराको पृथ्वीनारायण क्याम्पसको स्ववियु सचिव र २०६५ मा सोहि क्याम्पसको स्ववियु सभापति बनेर आंफ्नो जिम्मेवारी सफलतापूर्वक निर्बाह गरेका आचार्य २०६३ मा अनेरास्ववियुको गण्डकी अञ्चल कमिटी अध्यक्ष, २०६७ मा अनेरास्ववियुको केन्द्रीय कोषाध्यक्ष र २०६९ मा सोहि संगठनको केन्द्रीय उपाध्यक्ष बनेर काम गरेका थिए । बिधार्थी राजनीति अगाडी बढाउंदै गर्दा २०५६ मा नेकपा एमालेको संगठित सदस्यता लिएका आचार्य विसं २०६६ मा पार्टीको कास्की जिल्ला कमिटी सदस्य र विसं २०७८ मा गण्डकी प्रदेशको उपसचिव बने । उनी नेकपा एमालेको हालै सम्पन्न ११ औँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन ।

यसरी निरन्तर एमालेको राजनीतिमा क्रियाशील आचार्यले यस पटक कास्की क्षेत्र न. २ को उमेदवार बन्ने अवसर भने सजिलो संग पाएका हैनन। नेकपा एमालेको केन्द्रीय सचिबालयको बैठकले उक्त क्षेत्रमा एमालेका पुराना नेता कृष्ण थापालाई उमेद्वार बनाउने निर्णय गरेकोमा उक्त निर्णयलाई सच्याउँदै एमालेले आचार्यलाई उमेदवार बनाएको हो । पोखरा नगर पालिकाका तत्कालिन नगर प्रमुख थापा गण्डकी प्रदेशको सांसद पनि बनेका थिए र यस अगाडी २०७९ को स्थानीय तहको निर्बाचनमा उनि पोखरा महानगरपालिकाको मेयरको उमेदवार पनि बनेका थिए।

पोखराको मेयरमा चुनाब लड्दा थापाले आंफ्नो लागि अन्तिम पटकको पब्लिक चुनाब भन्दै मतदाता र पार्टी कार्यकर्तासंग ब्यक्त भनाई नै यसपटक उनका लागि अभिसाप बन्न पुग्यो। थापाको सोहि भनाईलाई नै लिएर यस पटक पार्टीका कार्यकर्ताले उनको आलोचना गर्ने विषय बनाइदिए । जसका कारण एमालेको कार्यालयमा भएको भेलामा पनि एमालेका कार्यकर्ताहरुले खुलेर थापाको आलोचना गरे। उनीहरुले थापा माथि कुनै चुनाब छोड्न नचाहने भन्दै आलोचना गरेपछि उमेद्वारी दर्ता हुनु अघिल्लो दिन एमालेका यस क्षेत्रका नेता कार्यकर्ताहरु समेत अन्योलमा थिए । थापाको ठाउँमा अर्कोलाई उमेदवार बनाउन कार्यकर्ताहरुको दवाब बढेपछि पार्टी अध्यक्ष केपी ओलीको सचिबालयले सोहि अनुरुप आचार्यको निर्णय गर्ने आस्वासन दिएको थियो। तर उमेदवारी मनोनयनको पत्र नपाउंदा दुवै उमेद्वार र कार्यकर्ताहरुमा अन्योल छाएको थियो।

त्यसैबेला थापाले सामाजिक संजालमा उमेदवार परिवर्तनको हल्ला चलाइएको भन्दै त्यसमा बिश्वास नगर्न र उमेदवारी दर्ता गर्न निर्धारित समयमा उपस्थित हुन कार्यकर्तालाई आव्हान गरेका थिए भने आचार्यले अध्यक्ष ओलीको सचिबालयबाट आंफ्नो पक्षमा निर्णय भैसकेको कारण ढुक्क भएर तयारी गर्न आस्वासन पाएकोले आँफु निकटका नेता कार्यकर्ताहरुसंग निरन्तर सम्बादमा रहेर उमेद्वारी मनोनयनको तयारी गरेका थिए । त्यस लगत्तै पार्टीले आचार्यको पक्षमा निर्णय गरेर मनोनयन पत्र पठाएपछि उनलाई उमेदवारी दर्ता गर्ने बाटो खुलेको हो। उमेदवार को बन्ने भन्ने बिषयमा त्यसबेला केहि मतभेद देखिएको भएपनि अहिले कुनै बिबाद नरहेको र सबै नेता कार्यकर्ताहरु उत्साहका साथ् चुनाब क्षेत्रमा खटिएको आचार्यको भनाई छ ।

कास्कीको निर्वाचन क्षेत्र नम्बर २ मा एमालेबाट रश्मि आचार्य र कृष्ण थापा सहित प्रभा कोइराला, मीनाकुमारी गुरुङ, सञ्जीव बहादुर कोइराला, तेजनारायण अधिकारी, केशव आचार्य, भेषराज बराल, बलराम आचार्य, झपट रानाभाट र रामप्रसाद सुवेदीले यस पटकको चुनाबमा उमेदवार बन्ने चाहना प्रकट गरेको भएपनि आचार्यले अन्तिममा बाजी मार्न सफल भएका छन । पार्टीको तर्फबाट उमेदवार बन्न बाजी मारेपनि चुनाब जितेर बाजी मार्न भने उनलाई पनि त्यति सहज देखिन्न ।

राजनीतिक निष्ठा, शैक्षिक योग्यता र विकासप्रतिको स्पष्ट दृष्टिकोणका कारण आचार्य यसपटकको निर्वाचनमा एक आशालाग्दा उम्मेदवारका रूपमा देखिएको कतिपयको भनाई छ । उनले आफूलाई जनताको सेवकका रूपमा प्रस्तुत गर्दै कास्की – २ को समग्र विकासका लागि नयाँ सोच र योजनाका साथ काम गर्ने संकल्प गरेका छन्। नेकपा एमालेका नेता स्व. रबिन्द्र अधिकारीको गाउँ र आचार्यको गाउँ एकै ठाउँमा रहेकोले मात्र नभएर अनेरास्ववियु सहित एमाले पार्टीको राजनीतिमा अधिकारीको प्रभाव परेकोले हुनसक्छ, आचार्यले स्व. रवीन्द्र अधिकारीले कोरेको समृद्धिको खाकालाई पूर्णता दिने मुख्य लक्ष्यका साथ चुनावमा होमिएको समेत बताउंदै आएका छन ।

आचार्यले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय संकल्पलाई स्थानीयस्तरमा कार्यान्वयन गर्ने र युवा नेतृत्वमार्फत विकासको अभियानलाई उचाइमा पुर्‍याउने एजेन्डालाई आंफ्नो प्रमुख एजेन्डाको रुपमा अगाडि सारेका छन् । उनले नागरिकका दैनिक समस्यालाई सदनमा सशक्तरुपमा उठाउने र स्थानीय स्रोत–साधनलाई उत्पादन र समृद्धिसँग जोड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले देशलाई दुर्घटना हुनबाट बचाउन युबाहरूको दर्हो साथ र अग्रजहरूको आशिर्वाद लिएर अघि बढ्ने उल्लेख गर्दै  सार्थक बिकासको अबधारणालाई साकार पार्ने प्रतिबद्धता जनाएका छन ।

उम्मेदवार आचार्यले मंगलबार पार्टीको  आग्रह र  समृद्धिको अभियानलाई सार्थक बनाउन सम्पूर्ण  युबाहरू र  कास्की क्षेत्र न २ का मतदाताको इच्छा बमोजिम उम्मेदवारी दर्ता गरेको उल्लेख गरे। उनले आफ्नो उम्मेदवारी समृद्ध नेपाल  सुखी नेपालीको अभियानलाई ठोस निष्कर्षमा पुर्याउदै नवीन सोच र योजना अनुसार बिकासको अभियानलाई उचाइमा पुर्याउनु रहेको उल्लेख गर्दै अब राजनिती र बिकास गौरब गर्न लायक बनाउनेतर्फ आफू केन्द्रित हुने प्रतिबद्धता जनाए।  देश र जनताको हितको खातिर सम्पूर्ण जीवन लगाउने दृढ़ संकल्प लिएर  प्रष्ट योजना र  उद्देश्य सहित मतदाता समक्ष आएको भन्दै कास्की क्षेत्र न २ का जनतालाई साथ दिन आग्रह गरे।

यसैबीच, एमालेका उमेदवार आचार्यले आंफ्नो क्षेत्रका मतदातालाई  वर्तमान सन्दर्भमा उठान गर्नुपर्ने बिषयहरु र आंफ्नो चुनाबी प्रतिबद्धता पत्रमा समावेश गर्नु पर्ने मुद्दाहरु लगायत स्थानिय विकास र देशको समृद्धिसँग अभिन्न रुपले जोडिएका विषयहरुमा वहस, विमर्श र अन्तर्क्रिया गर्ने जनाएका छन।  उनले प्रत्यक्ष भेटेर वा अन्य विकल्प प्रयोग गरेर सुझाव दिन समेत मतदाता समक्ष आग्रह गरेका छन।

१२ माघ २०८२, सोमबार १९:१२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा