Play

पोखरा अन्तराष्ट्रिय म्याराथन आगामी फागुन २ गते: पुरस्कारको राशिमा बृद्धि, नयाँ विधा थपिए

गुरुकुल खबर


पोखरा, नेपाल भूतपूर्व खेलाडी मंचले प्रत्येक बर्ष गर्दै आएको २० औँ संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन यस बर्ष आगामी फागुन २ गते हुने भएको छ। पोखरा रंगशालाबाट सुरु हुने यो म्याराथन यसपटक नयाँ रुटमा दौडिँदै बाराहीघाट चोकमा पुगेर समापन हुने आयोजकले जनाएका छन्। यस म्याराथनमा पहिलो पटक ‘म्याराथन नेपाल’ विधा समावेश गरिएको छ भने गण्डकी प्रदेशका खेलाडीलाई प्रोत्साहन गर्न ‘गण्डकी उत्कृष्ट’ विधाको समेत व्यवस्था गरिएको छ।यस पटक पुरस्कारको राशिमा वृद्धि गरेर म्याराथनमा पहिलो हुने धावकले ४ लाख रुपैयाँ पुर्याइएको छ। त्यसैगरी दोस्रो हुनेले २ लाख, तेस्रोले १ लाख र चौथो हुनेले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

प्रतियोगितामा मुख्य म्याराथनसँगै महिला तथा पुरुष हाफ म्याराथन, १० किलोमिटर दौड, ५ किलोमिटर छात्र–छात्रा दौड, ४५ वर्षमाथिको भेट्रान दौड, ह्विल चियर र दृष्टिविहीनतर्फका प्रतिस्पर्धाहरू समेत समावेश गरिएका छन्। यी सबै विधाहरूमा आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएका छन्। सुजल डेरी प्रालीको ‘सफल दूध’ मुख्य प्रायोजक रहेको यस प्रतियोगिता ‘स्वास्थ्यका लागि, पोखराका लागि’ भन्ने नाराका साथ आयोजना गरिंदै आएको छ।

मुख्य प्रायोजक सुजल डेरीले खेलकुद र स्वास्थ्यको सम्बन्धलाई मजबुत बनाउन लामो समयदेखि सहकार्य गर्दै आएको जनाएको छ। उपभोक्ताको पौष्टिकता र सहजतालाई ध्यानमा राखेर दुग्धजन्य पदार्थ उत्पादन गर्दै आएको सफल दूधले पछिल्लो एक दशकदेखि खेलकुद क्षेत्रमा निरन्तर सहयोग पुर्‍याउँदै आएको छ। पोखराको गरिमालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन यो म्याराथनले महत्त्वपूर्ण भूमिका खेल्ने कम्पनीको विश्वास छ। मोफसलमा हुने सबैभन्दा ठूलो म्याराथनका रूपमा स्थापित यस कार्यक्रमले पोखरालाई खेलकुद पर्यटनको केन्द्र बनाउन मद्दत पुर्‍याएको छ।

१२ माघ २०८२, सोमबार १०:२५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा