Play

राष्ट्रिय सभा सदस्य निर्बाचन: कांग्रेस, एमाले र लोसपाका उमेद्वारहरु विजयी (नामावली सहित)

गुरुकुल खबर


पोखरा, राष्ट्रिय सभा सदस्य पदका लागि भएको निर्वाचनमा ९५.६८ प्रतिशत मतदान भएको निर्बाचन आयोगले जनाएको छ। यस पटक राष्ट्रिय प्रजातन्त्र पार्टीका मतदाता भने मतदानमा अनुपस्थित रहे। राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार पार्टीको सम्पूर्ण ध्यान फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा केन्द्रित छ, त्यसैले राष्ट्रिय सभा निर्वाचनमा भाग नलिइएको हो ।

कतिपय प्रदेश सांसद र स्थानीय तहका प्रमुख उपप्रमुख समेत मतदानमा सहभागी नभएको, मतपत्र खालि राखेको र बदर समेत गराएको कुरा पनि सार्बजनिक भैसकेको छ । अरू दलका कतिपय सांसद र स्थानीय तहका प्रतिनिधि पनि मतदानमा अनुपस्थित थिए। तैपनि नेपाली कांग्रेस, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवारहरू विजयी भएका छन ।

कांग्रेसले शेरबहादुर देउवा सभापति र पूर्णबहादुर खड्का कार्यवाहक सभापति रहेका बेला एमाले र लोसपासँग राष्ट्रिय सभामा तालमेल गर्ने सहमति गरेको थियो। त्यसअनुसार १८ पदमा निर्वाचन हुनेमा ९ ठाउँमा कांग्रेसले उम्मेदवारी दिएको थियो, एमालेले ८ ठाउँमा र लोसपाले १ ठाउँमा उम्मेदवारी दिएको थियो।

राष्ट्रिय सभामा १९ पद रिक्त हुनेमा एक जना सरकारको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ। बाँकी १८ पदका लागि आज चुनाव भएको थियो। बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदान भएको थियो। लगत्तै मतगणना गरी सबै प्रदेशको मतपरिणाम सार्बजनिक भएको हो। सार्बजनिक भएको मतगणनाको परिणाम अनुसार देशका बिभिन्न प्रदेशमा निम्न उमेदवारहरु बिजयी भएका छन ।

कोशी प्रदेश

१. सुनिलबहादुर थापा निर्विरोध निर्वाचित, नेपाली कांग्रेस

२. रोशनी मेचे, नेकपा एमाले

३. सोमनाथ पोर्तेल, नेकपा एमाले

मधेस प्रदेश

१. धमेन्द्र पासवान, नेपाली कांग्रेस

२. रञ्जित कर्ण, नेपाली कांग्रेस

३. महन्थ ठाकुर, लोसपा

४. रेखाकुमारी झा, नेकपा एमाले

बागमती प्रदेश

१. गीता देवकोटा, नेपाली कांग्रेस

२. प्रेमप्रसाद दंगाल

गण्डकी प्रदेश

१. सम्झना देवकोटा, नेकपा एमाले

२. जगत तिमिल्सिना, नेपाली कांग्रेस

लुम्बिनी प्रदेश

१. बासुदेव जंगली, नेपाली कांग्रेस

२. चन्द्रबहादुर केसी, नेपाली कांग्रेस

३. रामकुमारी झाक्री, नेकपा एमाले

कर्णाली प्रदेश

१. ललितजंग शाही, नेपाली कांग्रेस

२, मीनासिंह रखाल, नेकपा एमाले

सुदूरपश्चिम प्रदेश

१. लीलाकुमारी भण्डारी, नेकपा एमाले

२. खम्मबहादुर खाती, नेपाली कांग्रेस।

११ माघ २०८२, आईतवार २०:२६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा