पोखरा, नेपाली प्रयोगकर्ताको आवश्यकता र प्रयोग बानीलाई केन्द्रमा राख्दै विकास गरिएको नेपाली डिजिटल प्लेटफर्म ‘नेपा: एप’ सार्वजनिक गरिएको छ । आकर्षक डिजाइन, प्रयोगकर्ता–मैत्री इन्टरफेस र उच्च सुरक्षाका विशेषताका कारण नेपा: एप नेपाली एप्लिकेसनहरूमध्ये फरक र प्रभावकारी बनेको डिजिटल विज्ञहरूले बताएका छन्
स्लो इन्टरनेटमा पनि सहज र छिटो सञ्चालन हुनेगरी डिजाइन गरिएको यस एपले नेपालभित्र मात्र नभई विदेशमा रहेका नेपाली प्रयोगकर्तालाई पनि लक्षित गरेको छ। कम डाटामै प्रभावकारी सेवा प्रदान गर्ने क्षमताका कारण यो एप सबै वर्गका प्रयोगकर्ताका लागि उपयोगी हुने विश्वास गरिएको छ ।
नेपा: एपमा नेपाली पात्रो (पञ्चाङ्गसहित) पनि सरल र सहज रूपमा उपलब्ध छ । साथै, विश्वसनीय स्रोतबाट ताजा समाचार, प्रयोगकर्ताको रुचिअनुसार समाचार छनोट गरी पढ्न सकिने सुविधा, जिल्लागत समाचार तथा प्रयोगकर्ताको लोकेसनका आधारमा नजिकका घटनाक्रम तुरुन्तै प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ ।
यस एपमार्फत देशभरका नेपाली एफएम रेडियो सुन्न सकिने सुविधा पनि समावेश गरिएको छ । साथै, मनोरञ्जन र जानकारीका लागि नेपाली भिडियो तथा रिल्स उपलब्ध गराइएकाले प्रयोगकर्ताले एउटै प्लेटफर्मबाट समाचार, सूचना र मनोरञ्जनको समग्र अनुभव लिन सक्नेछन्
डिजिटल युगमा नेपाली भाषामा भरपर्दो र सहज सामग्री खोज्ने प्रयोगकर्ताका लागि नेपा: एप एक प्रभावकारी समाधानका रूपमा आएको विकासकर्ताहरूको भनाइ छ । सरल, छिटो र सुरक्षित भएकाले सबै उमेर समूहका प्रयोगकर्ताले सजिलै प्रयोग गर्न सक्ने यो एप हाल डाउनलोडका लागि उपलब्ध रहेको जनाइएको छ ।
















