Play

एक क्षेत्रमा दुई जनालाई कांग्रेसको टिकट: कांग्रेस नेता एबम पुर्ब मन्त्री कंडेलको उमेदवारी रद्ध

गुरुकुल खबर


पोखरा, लुम्बिनी प्रदेशको नवलपरासी (सुस्ता पश्चिम) मा प्रतिनिधि सभा सदस्यमा प्रत्यक्ष तर्फबाट उमेदवारी दर्ता गराएका नेपाली काँग्रेसका नेता देवेन्द्रराज कँडेलको उम्मेदवारी रद्द भएको छ सोहि क्षेत्रमा उम्मेदवार बनेका आमजनता पार्टीका माया कुमारी थापाको उमेदवारी भने  निर्बाचन कार्यालले खारेक गरेको जनाएको छ।

नवलपरासी क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका नेता एबम पुर्व गृहराज्य मन्त्री देवेन्द्रराज कँडेललाई पार्टीले टिकट दिएर पठाएको भएपनि सोहि क्षेत्रबाट भिमबहादुर थापालाई पनि टिकट दिएर पठाएको कारण आधिकारिकताको बिबाद पछि पहिले दर्ता भएको उमेदवारी कायम राखेर अर्कोलाई रद्द गरिएको बताइएको छ ।

पार्टीको केन्द्रिय समितिबाट एक निर्बाचन क्षेत्रमा दुईजनाको नाममा आधिकारिक रुपमा टिकट दिएको कारण बिबाद उत्पन्न भएपछि कंडेलको उमेदवारी रद्द भएको हो । नेता कंडेल नेपाली कांग्रेसको आन्तरिक राजनीतिमा बिगतबाट नै नेता शेरबहादुर देउवाको समुहको भनेर चिनिन्थे ।

निर्वाचन कार्यालयका अनुसार नवलपरासी क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट कँडेल र थापा दुवैले आधिकारिक टिकट दाबी गर्दै उम्मेदवारी दर्ता गराएका थिए । थापाले पहिला उम्मेदवारी दर्ता गराएका थिए भने कँडेलले पछि दर्ता नम्बर उल्लेख नगरी क्रम संख्या मात्र राखी उम्मेदवारी दर्ता गराएको बुझिएको छ। पछि उम्मेदवारीको विषयमा विवाद भएपछि मुख्य निर्वाचन कार्यालयले पहिला दर्ता गर्ने थापाको उम्मेदवारीलाई आधिकारिकता दिँदै कँडेलको उम्मेदवारी रद्द गरिदिएको बुझिएको छ ।

त्यस्तै नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ बाटै उम्मेदवारी दिएकी आम जनता पार्टीकी थापाको उम्मेदवारी खारेज भएको छ । सहायक निर्वाचन अधिकृत भेषराज खनालका अनुसार थापाको नाम कालोसूचीमा रहेको देखिएकाले उनको उम्मेदवारी खारेज गरिएको हो । उक्त निर्वाचन क्षेत्रबाट २७ जनाले उम्मेदवारी दिएका थिए ।

उम्मेदवारी रद्द तथा खारेज भएसँगै अब उक्त निर्वाचन क्षेत्रमा ११ स्वतन्त्र र १५ दल गरी कुल २६ जनाको उम्मेदवारी कायम भएको छ । निर्वाचन कार्यतालिकाअनुसार माघ ९ गते (भोलि) बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ ।

८ माघ २०८२, बिहीबार २२:३० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा