Play

अन्तर्राष्ट्रिय सामाजिक संस्था एलायन्स क्लबको बिस्तार नेपालमा पनि, पोखरामा पदस्थापन गरिंदै

गुरुकुल खबर


पोखरा, भारतको नयाँ दिल्लीमा मुख्य कार्यालय रहेको अन्तर्राष्ट्रिय सामाजिक संस्था एलायन्स क्लब डिष्ट्रिक १०५ लाई नेपालमा पनि बिस्तार गरिएको छ। नेपालको लागि डिष्ट्रिक गभर्नरको जिम्मेवारी पाएका थिरबहादुर थापाका अनुसार उक्त डिष्ट्रिकको पदस्थापन समारोह माघ ९ गते शुक्रबार (भोलि) पोखरामा हुँदैछ। एलायन्स क्लब डिष्ट्रिक १०५ साउथ मल्टिपलको स्पोन्सरमा स्थापना हुन लागेको यो क्लव नेपालमै पहिलो पूर्ण डिष्ट्रिक हुने बताइएको छ।

भारतका विभिन्न स्थानमा ज्येष्ठ नागरिक केन्द्र, क्यान्सर केयर अस्पताल, बालबालिका हेरचाह केन्द्र लगायतका सामाजिक सेवा कार्यक्रमहरू सञ्चालन गर्दै आएको क्लबले नेपालमा पनि शिक्षा, स्वास्थ्य र सामाजिक सेवाका क्षेत्रमा बिभिन्न गतिबिधि सञ्चालन गर्ने लक्ष राखेको छ।

नेपालमा अन्तर्राष्ट्रिय डिष्ट्रिकको स्थापना तथा संस्थाको बिस्तार र बिभिन्न गतिबिधि संचालन गर्दा पोखराको पर्यटन प्रवर्द्धनमा समेत महत्वपूर्ण सहयोग पुग्ने बिश्वास ब्यक्त गर्दै अन्तर्राष्ट्रिय पाहुनाको आगमनले पोखरालाई सामाजिक सेवासँगै अन्तर्राष्ट्रिय नेटवर्किङको केन्द्रका रूपमा चिनाउने अपेक्षा गरिएको छ।

शुक्रबार हुने पदस्थापन समारोहमा एलायन्स क्लवका इन्टरनेशनल प्रेसिडेन्ट राजकुमार सक्सेना, फाउण्डर प्रेसिडेन्ट थिरूपति बुद्धराजु, भाइस प्रेसिडेन्ट राजेश्वर राव, डिष्ट्रिक १०५ साउथ मल्टिपलकी डिष्ट्रिक गभर्नर उषरानी अटलुरीलगायतको टोलि पोखरा आइपुगेको छ।

पोखरामा  आएको टोलीलाई प्रस्तावित डिष्ट्रिक १०५५ का डिष्ट्रिक गभर्नर थिरबहादुर थापा, भाइस डिष्ट्रिक गभर्नर डा. लक्ष्मण तिमिल्सीना, सिष्टर क्लबका चार्टर प्रेसिडेन्ट कल्पना थापा, चार्टर प्रेसिडेन्ट तारा पोखरेल, पोखरा सिटी चार्टर प्रेसिडेन्ट कुन्दनराज शर्मा, घनश्याम ढुंगाना, शंकर खत्री, हरिबहादुर थापा, तोयानाथ अधिकारी लगायतले स्वागत गरेको क्लबका प्रचार संयोजक पोषराज पौडेलले गुरुकुल खबरलाई जानकारी दिए।

टोलीले बिहीबार पोखराका प्रमुख पर्यटकीय तथा धार्मिक स्थलहरूको भ्रमण गरेको थियो। पोखराको भ्रमणमा रहेका अन्तर्राष्ट्रिय प्रेसिडेन्ट सक्सेनाले पोखरालाई अद्भुत पर्यटकीय सहरको संज्ञा दिँदै एउटै स्थानमा प्राकृतिक, धार्मिक र सांस्कृतिक विविधता अवलोकन गर्न पाउँदा खुसी लागेको बताए। टोलीको भ्रमणले पोखराको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास क्लबले लिएको छ।

भाइस डिष्ट्रिक गभर्नर डा. लक्ष्मण तिमिल्सीनाले भारत तथा नेपालका वरिष्ठ पदाधिकारीहरूको उपस्थितिले कार्यक्रमको गरिमा र महत्व बढेको गुरुकुल खबरलाई जानकारी दिए ।

डिष्ट्रिक गभर्नर थापाका अनुसार कार्यक्रममा काठमाडौं, तनहुँ, कास्की लगायत विभिन्न जिल्लाबाट एलायन्स क्लवका सदस्यहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ। मानवीय तथा सामाजिक सेवामा सक्रिय यस क्लवले नेपालमा आफ्नो गतिविधि विस्तार गर्नुको साथै डिष्ट्रिकमार्फत पोखरामा मात्रै करिब ४० वटा क्लव गठन गरिने लक्ष राखिएको छ

एलायन्स क्लब पोखरा सिटीका संस्थापक अध्यक्ष ई. कुन्दनराज शर्माका अनुसार यसले स्थानीय स्तरमा सामाजिक सेवाको पहुँच विस्तार गर्नुका साथै युवाहरूलाई सेवा र नेतृत्वमा जोड्नेछ।

यस क्लवले भारतका विभिन्न स्थानमा ज्येष्ठ नागरिक केन्द्र, क्यान्सर केयर अस्पताल, बालबालिका हेरचाह केन्द्र लगायतका सामाजिक सेवा कार्यक्रमहरू सफलतापूर्वक सञ्चालन गर्दै आएको छ। सोही अनुभव र प्रतिबद्धताका आधारमा नेपालमा पनि शिक्षा, स्वास्थ्य र सामाजिक सेवाका क्षेत्रमा प्रभावकारी कार्यक्रम सञ्चालन गरिने बताइएको छ।

आयोजकहरूका अनुसार यस किसिमको अन्तर्राष्ट्रिय डिष्ट्रिकको स्थापना तथा कार्यक्रमले पोखराको पर्यटन प्रवर्द्धनमा समेत महत्वपूर्ण भूमिका खेल्नेछ। अन्तर्राष्ट्रिय पाहुनाको आगमनले पोखरालाई सामाजिक सेवासँगै अन्तर्राष्ट्रिय नेटवर्किङको केन्द्रका रूपमा चिनाउने अपेक्षा गरिएको छ।

८ माघ २०८२, बिहीबार २२:०७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा