Play

नेसनल प्याव्सनको कास्की शाखाद्वारा विद्यार्थीहरुको लागि अभिमुखीकरण कार्यक्रम

गुरुकुल खबर


पोखरा, गीता राणा केन्द्रीय अध्यक्ष रहेको नेसनल प्याव्सनको कास्की शाखाले विद्यार्थी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विहिवार पोखरा लेखनाथमा शैक्षिक सत्र २०८२ मा कक्षा १० अध्ययन गर्दै गरेका आफ्ना सदस्य विद्यालयका विद्यार्थीहरुका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको संस्थाले जनाएको छ ।

नेसनल प्याव्सन कास्कीका अध्यक्ष रोशन कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा संयुक्त राष्ट्र संघद्वारा मान्यता प्राप्त अन्तर्राष्ट्रिय बाल विकास कार्यक्रमका प्रशिक्षक उत्तम दाहालले विद्यार्थीहरुलाई अध्ययनमा रुचि जगाउनका लागि अपनाउनु पर्ने तरिकाहरु, प्रगतिका बाधकहरु र तिनका समाधानका उपायहरु समेत वताउँदै अभिमुखीकरण कार्यक्रममा सहजकर्ताको भूमिका निर्वाह गरेका थिए ।

अभिमुखीकरण कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै पोखरा महानगरपालिकाका वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीले सिकाई प्रकृयालाई कसरी थप प्रभावकारी बनाउने भन्ने वारेमा भनाई राखेका थिए ।

कार्यक्रममा नेसनल प्याव्सनका केन्द्रीय बरिष्ठ उपाध्यक्ष तथा केन्द्रीय परीक्षा उपसमिति संयोजक ज्ञानेन्द्र मोहन भट्टराई, केन्द्रीय सहकोषाध्यक्ष शिवदत्त तिवारी, केन्द्रीय व्यवस्थापन उपसमिति संयोजक कमल रानाभाट लगायतले शुभकामना दिएका थिए । उक्त कार्यक्रमको सञ्चालन उपाध्यक्ष विकल पौडेलले गरेका थिए भने अध्यक्ष रोशन कोइरालाले कार्यक्रम माथि प्रकाश परेका थिए । उक्त अवसरमा नयाँ सदस्य विद्यालयहरुलाई सदस्यताको प्रमाणपत्र समेत प्रदान गरिएको लेखानाथबाट विष्णुहरी पौडेलले गुरुकुल खबरलाई जानकारी दिए।

८ माघ २०८२, बिहीबार २०:५७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा