Play

प्रतिनिधिसभा निर्बाचन: कास्की सहित गण्डकीमा एमालेबाट अधिकांश पुरानै अनुहार (देशभरको नामावली)

गुरुकुल खबर


पोखरा, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन अन्तर्गत माघ ६ गते हुने मनोनयनका लागि नेकपा एमालेले गण्डकी प्रदेशका ११ जिलाका सबै निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ । शनिबार करिब ७ घण्टासम्म चलेको पार्टीको सचिवालय बैठकले देशका अन्य जिल्लासहित गण्डकीका ११ वटै जिल्लाका १८ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारहरू छनोट गरेको हो ।

कास्कीको तीनवटा क्षेत्रमा पनि एमालेले नयाँ अनुहारलाई उमेदवार बनाउने चर्चाको बीचमा पुरानो अनुहारलाई नै उमेदवार बनाएको छ। जस अनुसार कास्की -१ मा बैनबहादुर क्षेत्री, कास्की -२ मा कृष्ण थापा र कास्की -३ मा दामोदर बैरागीलाई उम्मेदवार बनाइने भएको छ।

कास्की -१ मा उमेद्वार बन्ने क्षत्री नेकपा एमाले कास्कीका अध्यक्ष हुन। उनि जिल्ला समन्वय समिति कास्कीको प्रमुख समेत भएर जिम्मेवारी लिईसकेको व्यक्ति हुन। त्यस क्षेत्रबाट यस अगाडिका प्रतिनिधि सभा सदस्य मनबहादुर गुरुङ र दिलिप न्यौपानेको चर्चा चलेको भएपनि  गुरुङले उमेदवार बन्न तिब्र चाहना नदेखाएको र न्यौपानेलाई नयाँ युवाको रुपमा चित्रण गर्दै उमेदवार नबनाएको बुझिएको छ।

कास्की -२ मा उमेदवार बन्ने थापा गण्डकी प्रदेशका पुर्व सांसद एबम तत्कालिन पोखरा उपमहानगरपालिकाका प्रमुख समेत हुन। उनले यस अगाडी पोखरा महानगरपालिकाको प्रमुखको उमेद्वार बनेकोमा एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजबादीका उमेद्वार धनराज आचार्यबाट पराजित भएका थिए। त्यसबेला आचार्य नेपाली काँग्रेससंग भएको गठबन्धनबाट उमेदवार बनेका थिए। यस क्षेत्रबाट हाली केन्द्रीय सदस्य बनेका र बिधार्थी राजनीतिबाट आएका रश्मि आचार्य र पुर्व प्रदेश सांसद प्रभा कोइरालाको नाम पनि चर्चामा रहेको थियो। तर, थापाले यस क्षेत्रका अन्यको भन्दा धेरै मतदाता चिन्न सक्ने भएको कारण उनलाई उमेदवार बनाएको एमाले श्रोतले जनाएको छ ।

यसैगरी कास्की -३ बाट उमेदवार बनेका बैरागी यस अगाडीको प्रतिनिधि सभा सदस्यको निर्बाचनमा बिजयी भएका थिए। उनि कास्कीको अन्नपुर्ण गाउँपालिकाका स्थायी बासिन्दा हुन। उनि संगै पुर्ब खेलकुद मन्त्री बनेका जगत बिश्वकर्माको नाम समेत चर्चामा थियो बिश्वकर्मा बैरागी भन्दा अगाडी सोहि क्षेत्रबाट निर्बाचित भएर खेलकुद मन्त्री पनि बनेका थिए । त्यस क्षेत्रमा दलित बर्गका मतदाताको संख्या पनि उल्लेखनिय रहेकोले बिश्वकर्माको पनि चर्चा धेरै चलेपनि अन्तत बैरागीलाई नै पार्टीले उमेदवार बनाउने निर्णय गरेको बताइन्छ ।

एमालेले अधिकांश पुराना अनुहारलाई उमेदवार बनाएको छ। केहि नयाँ अनुहारले पनि एमालेबाट उमेदवार बन्ने अवसर प्राप्त गरेका छन। एमालेका उपसभापति समेत रहेका गण्डकी प्रदेशका पुर्व मुख्यमन्त्री एबम पुर्ब संचारमन्त्री पृथ्वीसुब्बा गुरुङले लमजुंगबाट चुनाब लड्ने भएका छन भने अघिल्लो पटक चुनाब जितेर मन्त्री बनेका पर्वतका पदम गिरि यसपटक पनि चुनाब लड्ने भएका छन ।

यस्तै, गोरखा क्षेत्र नम्बर २ मा एमालेले मिलन गुरुङ (चक्रे मिलन) लाई टिकट दिएको छ भने गोरखा १ मा आर.सी. लामिछाने उम्मेदवार बनेका छन् । तनहुँमा भगवती न्यौपाने र केदार सिग्देलले टिकट पाउँदा स्याङ्जामा मीनप्रसाद गुरुङ र खिमबहादुर थापा चुनावी मैदानमा होमिने भएका छन् । खिमबहादुर कालीगण्डकी गाउँपालिकाका वहालवाला अध्यक्ष हुन् । हिमाली जिल्ला मुस्ताङबाट इन्द्रधारा विष्ट र मनाङबाट पोल्देन सोताङ गुरुङले टिकट पाएका छन् । बागलुङमा हीरा केसी र मञ्जु शर्मा चालिसेलाई उम्मेदवार बनाइएको छ ।

नेकपा एमालेका उमेदवारहरु 

सुदूरपश्चिम प्रदेश
कैलाली
१. द्वारिका न्यौपाने
२. सूर्यबहादुर थापा
३. गौरीशंकर चौधरी
४. लेखराज भट्ट
५. यज्ञराज ढुङ्गाना
कञ्चनपुर
१. कमला बोहरा
२. वचनबहादुर सिंह
३. दीपक भट्ट
अछाम
१. झपटबहादुर बोहरा
२. यज्ञ बोगटी
बाजुरा
१. लालबहादुर थापा
डोटी
१. दीपक धामी
डडेल्धुरा
१. चक्र स्नेही
बझाङ
१. अफिलाल ओखेडा
बैतडी
१. दामोदर भण्डारी
दार्चुला
१. गणेशसिंह ठगुन्ना
कर्णाली प्रदेश
सल्यान
१. गुलाबजंग शाह
रुकुम पश्चिम
१. नन्दराम देवकोटा
सुर्खेत
१. धुर्व शाही
२. कुलमणि देवकोटा
कालिकोट
१. नागेन्द्र शाही (नेसनल)
जुम्ला
१. शान्तिलाल महत
२. शान्तिबहादुर महत
मुगु
१. पूर्णबहादुर रोकाया
हुम्ला
१. दल फडेरा
डोल्पा
१. लङ्क रोकाया
दैलेख
१. रविन्द्रराज शर्मा
२. लक्ष्मीराज शर्मा
जाजरकोट
१. डम्मरबहादुर सिंह
लुम्बिनी प्रदेश
नवलपरासी
१. रामप्रसाद पाण्डे
२. भगवतीप्रसाद यादव
रुपन्देही
१. अध्यक्षले टुङ्गाउने
२. अध्यक्षले टुङ्गाउने
३. बासुदेव घिमिरे
४. अध्यक्षले टुङ्गाउने
५. खिमलाल भट्टराई
कपिलवस्तु
१. विश्राम चौधरी
२. अध्यक्षले टुङ्गाउने
३. बिरेन्द्र कडौनिया
दाङ
१. महासचिवको इच्छा बुझेर अध्यक्षले टुङ्गाउने
२. महासचिवको इच्छा बुझेर अध्यक्षले टुङ्गाउने
३. घनश्याम पाण्डे
बाँके
१. सूर्य ढकाल
२. अध्यक्षले टुङ्गाउने
३. दलबहादुर सुनार
बर्दिया
१. सालिकराम अधिकारी
२. विमला विक
पाल्पा
१. नारायण आचार्य
२. विष्णुप्रसाद पोडेल
रुकुम पूर्व
१. अध्यक्षले टुङ्गाउने
रोल्पा
१. गोकुल घर्ती
प्यूठान
१. सूर्यबहादुर थापा
अर्घाखाँची
१. पिताम्बर भुसाल
गुल्मी
१. प्रदीप ज्ञवाली
२. गोकर्ण बिष्ट
गण्डकी प्रदेश
नवलपुर
१. भागीरथ सापकोटा
२. तिलबहादुर (तिलक) महत क्षेत्री
गोरखा
१. आर.सी. लामिछाने
२. मिलन गुरुङ
लमजुङ
१. पृथ्वी सुब्बा गुरुङ
तनहुँ
१. भगवती न्यौपाने
२. केदार सिग्देल
स्याङ्जा
१. मिनप्रसाद गुरुङ
२. खिमबहादुर थापा
म्याग्दी
१. हरिकृष्ण श्रेष्ठ
कास्की
१. बैणबहादुर क्षेत्री
२. कृष्ण थापा
३. दामोदर बैरागी
बागलुङ
१. हिरा केसी
२. मञ्जु शर्मा चालिसे
मुस्ताङ
१. इन्द्रधारा बिष्ट
मनाङ
१. पोल्देन सोताङ गुरुङ
पर्वत
१. पदम गिरी
बागमती प्रदेश
सिन्धुली
१. प्रदीप केसी (कटुवाल)
२. मनोजजंग थापा
रामेछाप
१. माधवप्रसाद ढुङ्गेल
दोलखा
१. पार्वत गुरुङ
सिन्धुपाल्चोक
१. आङदोर्जे शेर्पा
२. शेरबहादुर तामाङ
काभ्रे
१. अमित लामा
२. अध्यक्षले टुङ्गाउने
धादिङ
१. भूमी त्रिपाठी
२. धनबहादुर घले
नुवाकोट
१. बद्री मैनाली
२. केशव पाण्डे
रसुवा
१. प्रेमबहादुर तामाङ
मकवानपुर
१. रामेश्वर राना
२. महेश बर्तौला
चितवन
१. कृष्णराज (कमल) पाठक
२. अस्मिन घिमिरे
३. शंकरराज थपलिया
काठमाडौं
१. मोहन रेग्मी
२. मणिराम फुयाल
३. रामेश्वर फुयाल
४. अध्यक्षले टुङ्गाउने
५. अध्यक्षले टुङ्गाउने
६. अमनकुमार मास्के
७. अध्यक्षले टुङ्गाउने
८. राजेश शाक्य
९. अध्यक्षले टुङ्गाउने
१०. विनोद श्रेष्ठ
ललितपुर
१. चेतनाथ सञ्जेल
२. प्रेमबहादुर महर्जन
३. अध्यक्षले
भक्तपुर
१. सोम प्रसाद मिश्र
२. महेश बस्नेत
मधेश प्रदेश
सप्तरी
१. सुमन प्याकुरेल
२. सतिश सिंह
३. ताराकान्त चौधरी
४. बालकृष्ण चौधरी
सिराहा
१. केदार यादव
२. नविनकुमार यादव
३. लिलानाथ श्रेष्ठ
४. बिल्टु यादव
धनुषा
१. रामचन्द्र मण्डल
२. उमाशंकर अग्रहरि
३. जुली महतो
४. रघुवीर महासेठ
महोत्तरी
१. लक्ष्मी महतो कोइरी
२. रामपरिक्षण यादव
३. अध्यक्षले टुङ्गाउने
४. सरोज यादव
सर्लाही
१. अध्यक्षले टुङ्गाउने
२. अध्यक्षले टुङ्गाउने
३. हरि उप्रेती
रौतहट
१. अजय गुप्ता
२. शैलेन्द्र साह
३. कुन्दन कुशवाहा
४. रामजी शाह
बारा
१. अच्युत मैनाली
२. बलवीर चौधरी
३. ज्वाला शाह
४. किसान श्रेष्ठ
पर्सा
१. अध्यक्षले टुङ्गाउने
२. अध्यक्षले टुङ्गाउने
३. प्रमोद जैसवाल
४. जालिम मियाँ अन्सारी
कोशी प्रदेश
ताप्लेजुङ
१. अध्यक्षले टुङ्गाउने
पाँचथर
१. ऐन्द्रसुन्दर नेम्वाङ
इलाम
१. काजिमान कागते
२. सुहाङ नेम्वाङ
झापा
१. रामचन्द्र उप्रेती
२. देवराज घिमिरे
३. अध्यक्षले टुङ्गाउने
४. मनोज ताम्ली
५. केपी शर्मा ओली
संखुवासभा
१. डा. अर्जुन कार्की
धनकुटा
१. राजेन्द्र राई
भोजपुर
१. शेर्दन राई
तेह्रथुम
१. भानुभक्त ढकाल
सुनसरी
१. सूर्य पन्दाक
२/३. जगदीश कुसियात( सो मध्य–१ अध्यक्षले टुङ्गाउने)
४. भगवती चौधरी
मोरङ
१. घनश्याम खतिवडा
२. दिलीप बगेडिया
३. दिलीप राई
४. जीवन घिमिरे
५. अध्यक्षले टुङ्गाउने
६. अध्यक्षले टुङ्गाउने
सोलुखुम्बु
१. कल्पना राई
ओखलढुंगा
१. अस्मिता थापा
उदयपुर
१. दुर्गा थापा स्वोती
२. अमर रायमाझी
खोटाङ
१. देवविक्रम राई

४ माघ २०८२, आईतवार १२:२० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा