पोखरा, नेपाली काँग्रेस पोखरा महानगरपालिका- ०५ का पुर्व सभापति एबम सामाजिक व्यक्तित्व भरतराज पौडेललाई मातृशोक परेको छ। पौडेलकी आमा बेद्कुमारी पौडेलको ९२ बर्षको उमेरमा गत पुष २८ गते निधन भएको थियो ।
स्व. पौडेलका भरतराज पौडेल सहित रामराज पौडेल, टेकनाथ पौडेल र नवराज पौडेल गरि चार छोरा रहेको र एक छोराको भने केहि बर्ष अगाडी निधन भएको बुझिएको छ।
उनका ४ जना छोरीहरु तारादेवी, दुर्गादेवी, नारायणी र इन्दिरा गरि चार छोरीहरु रहेको छन।
पौडेलको परिवारप्रति समबेदना प्रकट गर्न एबम ब्रह्मलीन बेद्कुमारी पौडेल प्रति श्रद्दान्जली प्रकट गर्न उनको निवास पोखरा -५ प्रस्यांगचोकमा नेपाली कांग्रेस लगायत बिभिन्न राजनीतिक दलका नेता कार्यकर्तासहित बिभिन्न संघसंस्थाका प्रतिनिधिहरु, स्थानीय एबम आफन्तजनहरु पुग्ने क्रम जारी छ।















