Play

गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई निर्बाचन आयोगले दियो मान्यता

गुरुकुल खबर


काठमाडौँ,  निर्वाचन आयोगले नेपाली काँग्रेसको आधिकारिकता सम्बन्धि बिबादमा गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई मान्यता दिएको छ । आयोगको शुक्रबार बसेको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । जसअनुसार अब नेपाली काँग्रेसको चारतारे झण्डा र चुनाब चिन्ह रुख सहित नेपाली काँग्रेसको भौतिक सम्पति समेत थापा नेतृत्वको कार्यसमितिको स्वामित्वमा रहने भएको छ ।

नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट थापा सभापतिमा चयन भएका थिए । सभापति चयन भएसँगै बिहीबार बसेको केन्द्रीय समिति बैठकको निर्णय लगत्तै थापा आधिकारिता दाबी गर्दै आयोग पुगेका थिए । आयोगले सबै डकुमेन्ट अध्ययन  गरेर थापा नेतृत्वको कमिटीलाई आधिकारिकता दिएको जनाएको छ।  कांग्रेसको विशेष महाधिवेशन राजधानीको भृकुटीमण्डपमा पुस २७ देखि ३० सम्म भएको थियो ।

यससँगै नेपाली कांग्रेसको चुनाव चिह्न रुख र चारतारे झण्डा शेरबहादुर देउवाबाट गुमेको छ । देउवा पक्षको तर्फबाट पनि कार्यबाहक सभापति पूर्णबहादुर खडका सहितका नेताहरु शुक्रबार नै निर्बाचन आयोग पुगेर आफूहरु नै आधिकारिक भएको जिकिर सहित बिभिन्न कागजातहरु  बुझाएको थियो ।

२ माघ २०८२, शुक्रबार १९:५६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा