Play

माओबादीका विप्लव र जेनजीका मिराजबीच सहमति, जेनजी घाइते राजेश र कुलमानको पार्टीबीच एकता

गुरुकुल खबर


पोखरा, जेनजी पुस्ताको नाममा गत भदौ २३ र २४ गते भएको आन्दोलनमा सहभागि भएका एबम जेनजी आन्दोलनका अभियन्ताहरु बिभिन्न राजनीतिक दलसंग सहमति र एकता गर्दै अगाडी बढ्न लागेका छन चुनाबको मिति नजिकिंदै जाँदा मतदाता आकर्षित गर्ने वा अन्य उद्देश्यले हो बिभिन्न राजनीतिक दलहरु र जेनजी आन्दोलनमा जोडिएका व्यक्ति वा समुहबिचमा एकता र सहमती हुन थालेको छ

जेनजी अभियन्ता भनिने सुदन गुरुङ पछिल्लो समय रास्वपा निकट बनेर रास्वपामा बिभिन्न दल र समुहलाई मिलाउने अभियानमा सक्रिय बनेका थिए उनले कुलमान घिसिंग, रबि लामिछाने र बालेन शाहलाई मिलाएको बताउने गरेको भएपनि  १२ दिन नबित्दै घिसिंग लामिछाने र शाहसमेतको एकता प्रक्रियाबाट बाहिरिएर आंफ्नो दल उज्यालो नेपाल पार्टीलाई बलियो बनाउने अभियानमा सक्रिय छन

यसैबीच जेन-जी समूहका नेता मिराज ढुंगाना र नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का अध्यक्ष नेत्रविक्रम चन्द विप्लवको बिचमा आगामी आन्दोलनमा सहकार्य गर्ने भन्दै सहमति भएको छ । बिहीबार काठमाडौंमा दुई पक्षले आगामी दिनमा सहकार्य गरेर आन्दोलन समेत अगाडी बढाउने गरी ४ बुँदे सहमति गरेका हुन् ।

जेन-जी विद्रोहको मागहरू पुरा गर्न सङ्घर्ष गर्ने, आन्दोलन र जनताको चाहना बमोजिम संविधानको संशोधन र स्थिर सरकार गठन गर्ने, भ्रष्टाचार विरुद्ध विशेष न्यायिक निकाय गठन गर्ने र राज्यको अग्रगामी पुनर्संरचनाका लागी सङ्घर्ष गर्ने बुंदामा दुई पक्षबिच सहमति भएको हो ।विप्लव नेतृत्वको नेकपा माओबादी भने आगामी फागुन २१ गते हुने भनिएको निर्बाचनमा सहभागी बन्ने भन्दै चुनाबी प्रक्रियामा समाबेश भएको छ ।

यसैगरी,  जेनजी आन्दोलनको क्रममा दाहिने खुट्टा गुमाएका राजेश पोर्तेल नेतृत्वको राष्ट्रिय परिवर्तन पार्टी र उज्यालो नेपाल पार्टीबिच एकता भएको छ । बिहीबार उज्यालो नेपालको पार्टी कार्यालयमा भएको एक कार्यक्रममा दुई दलबीच एकता भएको हो । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ र राष्ट्रिय परिवर्तन पार्टीका अध्यक्ष राजेश पोर्तेलले सहमति पत्रमा हस्ताक्षर गरेका छन् । जेनजी आन्दोलनको भावनालाई समेट्ने भनेर राष्ट्रिय परिबर्तन पार्टी गठन गरिएको थियो।

उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबिचकाे एकता भङ्ग भएसँगै उज्यालो नेपाल पार्टीले समानुपातिक तर्फका उमेदवारसमेत राख्न पाएको थिएन। समानुपातिकमा छुटेको उज्यालोले राष्ट्रिय परिवर्तन पार्टीमा १७ जनाको नाम समावेश गरेर पार्टी एकीकरण गरेको हाे ।  पार्टी एकीकरण गरेसँगै पोर्तेललाई उज्यालो नेपाल पार्टीको उपाध्यक्षको जिम्मेवारी दिईएको छ । त्यस्तै,पोर्तेल नेतृत्वको पार्टीका सात जनालाई केन्द्रीय सदस्य र दुई जनालाई सचिवालय सदस्य दिने समझदारी भएको बताइएको छ ।

१ माघ २०८२, बिहीबार २०:०९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा