Play

मन्त्रीबाट राजिनामा दिएका कुलमानको आजबाट नयाँ राजनीतिक यात्रा, मन्त्री गुप्ता बिरुद्ध अख्तियारमा उजुरी

गुरुकुल खबर


काठमाडौँ, नागरिक सरकारको रुपमा बनेको सुशिला कार्की नेतृत्वको अन्तरिम सरकारमा मन्त्री रहेका कुलमान घिसिंग, जगदीश खरेल र बब्लु गुप्तालाई राजनीतिक दलसंग जोडिएको कारण प्रधानमन्त्री स्वयमले राजीनामा दिन आग्रह गरेपनि खरेल र गुप्ताले भने अझैसम्म राजिनामा दिएका छैनन । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकास मन्त्री पदबाट राजीनामा दिएका कुलमान घिसिङले अब आफ्नो औपचारिक राजनीतिक यात्रा सुरु भएको घोषणा गरेका छन् ।

बुधबार बेलुका मन्त्री पदबाट राजीनामा दिएपछि आयोजित पत्रकार सम्मेलनमा घिसिङले भने, ‘भोलिदेखि नै मेरो नयाँ राजनीतिक जीवन सुरु हुन्छ । मन्त्रालयको कोठामा बसेर मात्र होइन, अब जनताको बिचमा गएर देश परिवर्तनको नेतृत्व गर्ने मेरो संकल्प छ ।’ उनले जेन–जी आन्दोलनको भावना र जनअपेक्षा पूरा गर्न आफू अब दलीय राजनीतिमा होमिएको स्पष्ट पारे । केही अघि उनले उज्यालो नेपाल पार्टी रास्वपामा मिलाएका थिए ।

घिसिङले आफू कुनै पनि पार्टीको सदस्यता नलिईकनै सरकारमा सहभागी भएको भए पनि अब औपचारिक रूपमा रास्वपासँगको सहकार्यमा अघि बढ्ने संकेत गरे । उनले आफ्नो ‘उज्यालो नेपाल अभियान’ लाई राजनीतिक रूपमा थप सशक्त बनाउन र सुशासन कायम गर्न निर्वाचनमा होमिने घोषणा गरे । पत्रकार सम्मेलनमा उनले पदभन्दा आत्मसम्मान ठूलो हुने र जनभावना नै आफ्नो शक्तिको स्रोत रहेको बताए । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनमा भाग लिने मन्त्रीहरूलाई पद त्याग्न दिएको निर्देशनको सम्मान गर्दै उनले मार्ग प्रशस्त गरेका हुन् ।

यसैबीच, युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको अमेरिका भ्रमण प्रकरणको छानबिन गरी कारबाही गर्न माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ  मुलुक बचाउने नागरिक (ममुबना) अभियानका प्रमुख युवराज सफलले फर्जी आयोजक र फर्जी निमन्त्रणा पत्रका आधारमा मन्त्रिपरिषद्बाट अमेरिका भ्रमण स्वीकृत गराइएको भन्दै उजुरी दिएका हुन् ।

उजुरीमा आगामी माघ ३ गते अमेरिकामा आयोजना हुने भनिएको ‘रोल अफ एनआरएनए युथ इन द डेभलपमेन्ट अफ नेपाल पोस्ट जेनजी रिभोल्युसन’ कार्यक्रमसम्बन्धी आयोजक नेपाल सरकार, अमेरिकी सरकार वा नेपाली दूतावासको अभिलेखमा नरहेको दाबी गरिएको छ ।

उजुरीकर्ताले मन्त्री गुप्ताले आफ्नो हैसियत दुरुपयोग गरी सामूहिक रुपमा अमेरिका जान खोजिएको भन्दै यसलाई संगठित मानव तस्करीसँग जोडेर अनुसन्धान गर्न माग गरेका छन् । साथै भ्रमण स्वीकृतिसँग सम्बन्धित मन्त्रिपरिषद्को निर्णय, निमन्त्रणा पत्र, आयोजकको कानुनी वैधता र भ्रमण टोलीको विवरण झिकाएर छानबिन गर्नुपर्ने उल्लेख छ । अख्तियारमा दर्ता उजुरीमा दोषी देखिएमा गुप्तामाथि मानव तस्करीसमेतको अभियोगमा कारबाही गर्न र अनुसन्धान अवधिमा मन्त्री पदबाट निलम्बन गर्न माग गरिएको छ ।

२४ पुष २०८२, बिहीबार ११:५५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा