पोखरा, राष्ट्रिय सभामा रिक्त रहेका १८ जना सदस्यको लागि सबैजसो पार्टीले उमेदवारको टुंगो लगाएका छन नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र जनता समाजवादी, नेपालबीच सहमति गर्ने प्रयास भए पनि अन्तिममा सहमति कायम नभएपछि सबै जसो दलले उमेदवार चयन गरेका हुन।
एमाले-कांग्रेसलाई ७/ ७ सिट, नेकपालाई ३ सिट र जसपा नेपाललाई एक सिटको भागबण्डा लगाउनको लागि सहमतिको प्रयास भएकोमा उक्त प्रयासले सार्थकता नपाएको कारण कांग्रेसले ९ सिटमा, एमालेले ८ सिटमा र जसपाले १ सिटमा उमेदवार चयन गरेको हुन। उनीहरुसंग चुनाबी तालमेलमा सहमति कायम हुन् नसकेपछि नेकपाले १७ सिटमा उमेदवार चयन गरेको छ ।
यसक्रममा नेपाली कांग्रेसले आज बुधबार बिहान राष्ट्रिय सभा निर्वाचनका लागि नौजना उम्मेदवार टुंगो लगाएको छ । नेकपा एमाले र जसपा नेपालसँग भएको तालमेल सहमतिअनुसार कांग्रेसका नौ जना उम्मेदवारले उम्मेदवारी दर्ता गराउने बुझिएको छ।

कांग्रेस कार्यसम्पादन समितिको बैठकले उम्मेदवारको टुंगो लगाएको हो । जसअनुसार कोशी प्रदेशबाट सुनिल बहादुर थापा, मधेस प्रदेशबाट धमेन्द्र पासवान र रञ्जित कर्ण, बागमती प्रदेशबाट गीता देवकोटा, गण्डकी प्रदेशबाट जगत तिमल्सिना, लुम्बिनी प्रदेशबाट बासुदेव जंगली र चन्द्रबहादुर केसी, कर्णाली प्रदेशबाट ललितबहादुर शाही र सुदूरपश्चिम प्रदेशबाट खम्मबहादुर खातीलाई उम्मेदवार बनाइने भएको छ ।
यसैक्रममा नेपाली कम्युनिस्ट पार्टीले पनि आंफ्नो उम्मेदवार चयन गरेको छ । नेपाली कांग्रेस र नेकपा एमालेसँग गचुनाबी तालमेल गर्नको लागि अन्तिम सम्म प्रयास भएपनि उक्त प्रयास असफल भएपछि नेकपाले गण्डकी प्रदेशको एक सिट बाहेक सबै सिटमा उम्मेदवार चयन गरेको हो। नेपाली कम्युनिस्ट पार्टीले गण्डकीमा एक उम्मेदवार खाली छाडेर १७ उम्मेदवार मात्र चयन गरेको छ ।
नेकपाका उमेदवारहरुमा कोशी प्रदेशबाट खेमराज सुन्दास, हेमराज घिमिरे र नमिता न्यौपाने मधेश प्रदेशबाट रामनन्दन प्रसाद, लक्ष्मण पौडेल, शम्भु पासवान र समिकुमारी अग्रवाल तथा बागमती प्रदेशबाट प्रेम प्रसाद सापकोटा र सरोज कुमारी झा रहेका छन । यसैगरी गण्डकी प्रदेशबाट कपिल लामा, लुम्बिनी प्रदेशबाट दुर्गा भण्डारी, वृहस्पति अधिकारी र सर्जन बिक, कर्णाली प्रदेशबाट बुद्धिप्रसाद शर्मा र अन्जु महतरा तथा सुदूरपश्चिम प्रदेशबाट टीकाराम जैशी र रोजी बस्नेत सुनारलाई उमेदवार बनाइएको छ।
यसैगरी, नेकपा एमालेले गण्डकीमा सम्झना देबकोटा र लुम्बिनी प्रदेशबाट रामकुमारी झाँक्रीलाई उम्मेदवार बनाउने भएको छ । एमालेको तर्फबाट बनेका अन्य उमेदवारहरुमा कोशीमा रोशनी मेचे, बागमतीमा डा. प्रेमकुमार दङ्गाल, कर्णालीमा मीना रखाल र सुदूरपश्चिममा लीलाकुमारी भण्डारीलाई उम्मेदवार बनाउने निर्णय भएको छ ।

नेपाल मजदुर किसान पार्टीबाट बागमतिमा दुई जनाको उमेदवारी
यसैगरी, राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि नेपाल मजदुर किसान पाटी (नेमकिपा)का तर्फबाट दुई जनाले उमेदवारी दर्ता गरेका छन्। आगामी माघ ११ मा हुने राष्ट्रिय सभा सदस्य निर्बाचन अन्तर्गत बागमती प्रदेश तर्फको दुई सिटमा दुई जनाले उमेदवारी दर्ता गरेको बुझिएको छ।
बागमती प्रदेश तर्फको अन्य क्लस्टरमा विक्रम ढुकुछु र महिला क्लस्टरमा कविता महर्जनले मनोनयन दर्ता गरेका हुन् । प्रस्तावक सुनिल प्रजापति र रजनी जोशीको समर्थनमा ढुकुछुले मनोनयन दर्ता गरेका छन् भने सुरेन्द्रराज गोर्साई प्रस्तावक र सृजना सायजु समर्थन रहने गरी महर्जनले मनोनयन दर्ता गरेकी हुन्।
राष्ट्रिय जनमोर्चाद्वारा गण्डकीमा दुईजनाको उमेदवारी
राष्ट्रिय सभाको निर्बाचनमा राष्ट्रिय जनमोर्चाले गण्डकीमा एकल उम्मेदवारी दिएको छ । खुलातर्फको क्लस्टरमा राष्ट्रिय जनमोर्चाका नेता समेत रहेका कास्कीका शङ्कर बराल र महिलामा बागलुङकी लक्ष्मी बास्कोटाले उम्मेदवारी दर्ता गराएका छन । गण्डकी प्रदेशमा जनमोर्चाका चारजना मात्र मतदाता छन् ।

जैमिनी नगरपालिका मेयर, बरेङ गाउँपालिका अध्यक्ष तथा बडिगाड र काठेखोला गाउँपालिका उपाध्यक्षमा जनमोर्चाले जितेकाे थियाे। उनी हरूको प्रस्तावकमा जैमिनीका मेयर नरबहादुर पुन र समर्थकमा काठेखोला उपाध्यक्ष तेजबहादुर थापा छन् । मतभार हिसाव गर्दा जनमोर्चाको ७६ मात्रै पुग्छ । प्रदेश सभामा जनामोर्चाको कुनै पनि सांसद छैनन् ।
जसपा नेपालको तर्फबाट मधेश प्रदेशमा महन्तको उमेदवारी दर्ता
राष्ट्रिय सभा सदस्य निर्वाचनमा नेता महन्थ ठाकुरले उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेस र एमालेसँगको गठबन्धनमा जसपा नेपालको तर्फबाट उनले बुधबार मधेस प्रदेशबाट राष्ट्रिय सभा सदस्य पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । उनको समर्थक रानी शर्मा तिवारी र प्रस्तावक जेनुर राइन रहेका छन् ।















