Play

राष्ट्रिय सभामा एमालेको तर्फबाट उमेदवारको टुंगो, कांग्रेसले जगत तिमिल्सिनालाई गण्डकीबाट उमेदवार बनाउने

गुरुकुल खबर


पोखरा, राष्ट्रिय सभा निर्बाचनको लागि नेकपा एमालेले उम्मेदवारहरुको टुंगो लगाएको छ । १८ जना राष्ट्रिय सभा सदस्यका लागि हुन लागेको निर्वाचनका लागि एमालेको भागमा परेका ६ जनाको नाम टुंगो लगाएको हो ।

जसअनुसार गण्डकी प्रदेशमा एमालेको भागमा महिला क्लस्टर परेकोमा सम्झना देवकोटालाई उमेदवार बनाइने भएको छ। नेकपा एमालेले नेतृ रामकुमार झाँक्रीलाई लुम्बिनी प्रदेशबाट उम्मेदवार बनाउने भएको छ । एमालेको तर्फबाट कोशीमा रोशनी मेचे, बागमतीमा डा. प्रेमकुमार दङ्गाल,  कर्णालीमा मीना रखाल र सुदूरपश्चिममा लीलाकुमारी भण्डारीलाई उम्मेदवार बनाउने निर्णय भएको छ ।

गण्डकी प्रदेशको खुल्ला क्लस्टरमा नेपाली काँग्रेसको तर्फबाट जगत तिमिल्सिनालाई उमेदवार बनाइने भएको बतैयेपानी कांग्रेसले अझैसम्म आधिकारिक रुपमा कसैको नाम सार्बजनिक गरेको छैन । तनहुँ घर भएका तिमिल्सिना नेपाल प्राध्यापक संघका पुर्व केन्द्रीय सभापति हुन।

आगामी फागुन ११ गने हुने निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ । आजै मनोनयन दर्ता हुने भए पनि दलहरुबीच भागबन्डाको सहमति भइसकेको छैन । कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी र जनता समाजवादी, नेपालबीच सहमति गर्ने प्रयास भए पनि सफल भएको छैन ।

जसअनुसार एमाले-कांग्रेसलाई ७-७, नेकपालाई ३ र जसपा नेपाललाई एक सिट दिने गरी सहमति प्रयास भएको छ । यसै अनुसार एमालेले उम्मेदवार छनोट गरेको हो । मधेशमा भने एमालेले नाम टुंगो लगाएको छैन ।

२३ पुष २०८२, बुधबार १०:२९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा