Play

कास्कीको मुख्य निर्बाचन अधिकृतमा बेलबासे तथा निर्बाचन अधिकृतमा रेग्मी र खड्का (कहाँ को तोकिए ? नाम सहित)

निर्बाचन आयोग द्वारा ७७ जना जिल्ला न्यायाधिसलाई मुख्य निर्बाचन अधिकृत र अन्य ८८ जनालाई निर्बाचन अधिकृत तोकियो


गुरुकुल खबर


काठमाडौँ, आसन्न फागुन २१ गते हुने निर्बाचनका लागि निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरू नियुक्त गरेको जनाएको छ।  निर्वाचनका लागि आयोगले आइतबार मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरू नियुक्त गरेको जनाएको छ ।

निर्बाचन आयोगका अनुसार कास्कीको मुख्य निर्बाचन अधिकृतको जिम्मेवारी कास्की जिल्ला अदालतका न्यायाधिस हिमलाल बेलबासेलाई दिईएको छ। दुईजना निर्बाचन अधिकृतहरुको जिम्मेवारी सर्वोच्च अदालतका इजलास अधिकृतद्वय सीता रेग्मी र निर्मला कुमारी खड्कालाई दिइएको निर्बाचन आयोगले जनाएको छ।

उनीहरुमध्ये रेग्मीले कास्की निर्बाचन क्षेत्र न. १, खड्काले निर्बाचन क्षेत्र न.२ र बेलबासेले निर्बाचन क्षेत्र न. ३ को निर्बाचन प्रक्रिया सम्पन्न गर्ने जिम्मेवारी दिईएको निर्बाचन आयोग द्वारा जारी बिज्ञप्तीमा जनाईएको छ।

निर्बाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार ७७ जना जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतमा र न्याय सेवा आयोगको परामर्शमा ८८ जना नेपाल न्याय सेवाका राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतलाई निर्वाचन अधिकृतमा नियुक्ति गरिएको हो ।

नियुक्ति भएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूले माघ २ गते आफू खटिएको निर्वाचन क्षेत्रभित्र मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी निर्वाचनका कार्यक्रमहरू सञ्चालन गर्ने आयोगले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

कहाँ कसलाई जिम्मेवारी दिईयो ?

२० पुष २०८२, आईतवार २१:१४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा