काठमाडौँ, आसन्न फागुन २१ गते हुने निर्बाचनका लागि निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरू नियुक्त गरेको जनाएको छ। निर्वाचनका लागि आयोगले आइतबार मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरू नियुक्त गरेको जनाएको छ ।
निर्बाचन आयोगका अनुसार कास्कीको मुख्य निर्बाचन अधिकृतको जिम्मेवारी कास्की जिल्ला अदालतका न्यायाधिस हिमलाल बेलबासेलाई दिईएको छ। दुईजना निर्बाचन अधिकृतहरुको जिम्मेवारी सर्वोच्च अदालतका इजलास अधिकृतद्वय सीता रेग्मी र निर्मला कुमारी खड्कालाई दिइएको निर्बाचन आयोगले जनाएको छ।
उनीहरुमध्ये रेग्मीले कास्की निर्बाचन क्षेत्र न. १, खड्काले निर्बाचन क्षेत्र न.२ र बेलबासेले निर्बाचन क्षेत्र न. ३ को निर्बाचन प्रक्रिया सम्पन्न गर्ने जिम्मेवारी दिईएको निर्बाचन आयोग द्वारा जारी बिज्ञप्तीमा जनाईएको छ।
निर्बाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार ७७ जना जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतमा र न्याय सेवा आयोगको परामर्शमा ८८ जना नेपाल न्याय सेवाका राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतलाई निर्वाचन अधिकृतमा नियुक्ति गरिएको हो ।
नियुक्ति भएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूले माघ २ गते आफू खटिएको निर्वाचन क्षेत्रभित्र मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी निर्वाचनका कार्यक्रमहरू सञ्चालन गर्ने आयोगले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
कहाँ कसलाई जिम्मेवारी दिईयो ?























