पोखरा, आसन्र प्रतिनिधिसभाको निर्बाचन अन्तर्गत समानुपातिक तर्फको बन्द सूचीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नाम समाबेश गरेका पांच जनाले समानुपातिक तर्फको आंफ्नो उम्मेदवारी फिर्ता गर्ने घोषणा गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी भित्रबाट मात्र नभएर सर्बसाधारणबाट समेत रास्वपाले पेश गरेको नामावलीलाई लिएर चौतर्फी बिरोध भएपछि रास्वपाका नेताहरुले गल्ति सच्याउने भन्दै सार्बजनिक रुपमा प्रतिबद्दता गर्दै आएका थिए ।
रास्वपाले बन्द सूचीमा समाबेश गरेका नामहरुमा सेलेब्रेटीहरु साथै अरबपति ब्यबसायीहरु रहेको र केहि नाताबाद र आंफ्नो निकटकोलाई समाबेश गरिएको भन्दै आलोचना भएको थियो । सोहि पार्टीका कतिपय नेताहरुले उमेदवार चयन गर्न भनेर प्राइमरी ईलेक्सन गरिएको भएपनि ईलेक्सनको नतिजालाई बेवास्ता गरेर पार्टी कार्यकर्ता र वास्तविक रुपमा समाबेशी प्रतिनिधित्व गर्नुपर्नेहरुमाथि अन्याय गरिएको आरोप लाग्दै आएको छ ।
सूचीमा परेका मध्ये कहिले रास्वपा सभापति रबि लामिछानेलाई सहकारी ठगि सम्बन्धि मुद्दामा धरौटीबापत रकम जम्मा गरिदिएकालाई समेत राखिएको भन्दै आलोचना हुने गरेको छ । लामिछानेलाई ३० लाख धरौटी दिने मनोहर प्रधानलाई बन्द सूचीमा राखिएपछि त्यस्तियो कुरा साबजनिक भएको हो।
यसैगरी रास्वपाको उपसभापति भनिएका कुलमान घिसिंगले आंफ्नो भान्जा र ससुरा नाता पर्नेलाई पनि बन्द सूचीमा राखिएको भन्दै आलोचना भएको छ भने बालेन शाहले केहि गायक, मोडल, ब्यापारीहरुलाई उक्त सूचीमा समाबेश गरेको कारण पार्टीको समेत आलोचना हुन् थालेको छ। कतिपयले प्राइमरी ईलेक्सनमा राम्रो मत पाएर पनि बन्द सूचीमा नपरेको भन्दै पार्टी नेता र तिनको कार्यशैलीको आलोचना गरेको छन ।
सार्बजनिक रुपमा एबम सामाजिक संजालबाट चर्को आलोचना भएपछि रास्वपाबाट समानुपातिक तर्फको बन्द सूचीमा परेका डा.महेन्द्र लावती, त्रिशला गुरुङ, सचिन ढकाल, आशिफ शाह र टासी ल्हाक्पा शेर्पाले आआफ्नो उम्मेदवारी फिर्ता गर्ने घोषणा गरिसकेका छन । प्राध्यापन पेसामा संलग्न डा. लावती पदमसुन्दर लावतीका छोरा हुन भने त्रिशला गुरुङ गायिका तथा चिकित्सक हुन् यसैगरी सचिन ढकाल बामपन्थी ब्यबसायीको रुपमा परिचित नेपाल उद्योग बाणिज्य संघका अध्यक्ष चन्द्र ढकालका छोरा हुन ।
शनिबार युवा उद्यमी ढकालले उम्मेदवारी फिर्ता लिने घोषणा गरेका हुन। यसअघि लावती, गुरुङ, शाह र शेर्पाले उम्मेदवारी फिर्ता लिने घोषणा थिए ।अभिनेता तथा टेलिभिजन कार्यक्रम होस्ट शाह रास्वपाको समानुपातिक सूचीमा मुस्लिम पुरुष क्लस्टरबाट एक नम्बरमा थिए । उनी रास्वपाका पूर्वसांसद असिम शाहका दाइ हुन् ।
यसैगरी टाशी शेर्पा पर्वतारोही हुन् । शेर्पा फोर्टिन पिक्स एक्सपिडिसनका सीईओसमेत हुनु । उनी हालै रास्वपामा प्रवेश गरेका टासी मिङ्मा शेर्पाका भाइ हुन् । त्रिशलाले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै समानुपातिक उम्मेदवारको बन्द सूचीबाट पछि हट्ने जानकारी दिएकी थिइन् ।
















