Play

दमौलीका कांग्रेस नेता एबम शैक्षिक र सामाजिक व्यक्तित्व रामचन्द्र न्यौपानेको निधन

गुरुकुल खबर


दमौली, नेपाली काँग्रेस तनहुँका नेता, नेपाल तरुण दल तनहुँका पुर्व अध्यक्ष एबम सामाजिक र शैक्षिक व्यक्तित्व रामचन्द्र न्यौपानेको ६५ बर्षको उमेरमा हालै निधन भएको छ। तनहुँको दमौली बजार निवासी इनी केहि बर्षदेखि पार्केन्सन रोगका कारण पिडित भएकोमा पछिल्लो एक महिनादेखि स्वास्थ्य अबस्था बढी गम्भीर बनेको बताइएको छ।

तनहुँमा रहेर नेपाली काँग्रेस साथै तरुण दलको संगठन बिस्तारमा महत्वपूर्ण योगदान गरेका न्यौपानेले लामो समय निर्माण ब्यबसायीको रुपमा समेत काम गरेका थिए। उनि नेपाल निर्माण ब्यबसायी संघ तनहुँको अध्यक्ष समेत रहेका थिए उनले सत्यबती स्कुलमा तिन कार्यकाल बिधालय ब्यबस्थापन समितिको अध्यक्ष रहेर काम गर्नुको अन्य स्कुल र क्याम्पसहरुको ब्यबस्थापन समितिमा पनि रहेर काम गरेका थिए।

स्व. न्यौपानेकी श्रीमती गौकुमारी पौडेल न्यौपाने पनि तनहुँमा राजनीतिक एबम सामजिक क्षेत्रमा क्रियाशील छन। पुर्व शिक्षिका समेत रहेकी उनि तनहुँको ब्यास नगरपालिका -४ को जनप्रतिनिधि समेत हुन। नेपाली लेखक संघ र प्रजातान्त्रिक बिचार समाज जस्ता संस्थामा संलग्न गौकुमारी नेपाल महिला संघ तनहुँमा पनि त्यत्तिकै क्रियाशील छन।

उनि नेपाली काँग्रेस कास्कीका नेता स्व. खेमराज पौडेलकी छोरी रहेकोले सानै उमेरदेखि उनमा राजनीति प्रति चासो रहेको र राजनीतिक परिवारमा नै जोडिएको कारण उनले आंफ्नो राजनीतिक संलग्नतालाई निरन्तरता दिंदै आएकी छन ।

स्व. न्यौपानेका दुई छोरा र तिन छोरी रहेकोमा जेठा छोरा आदर्श न्यौपाने इन्जिनियरिंगको पढाइ सकेर अमेरिकामा बस्दै आएका छन भने कान्छा छोरा आशिर न्यौपाने धुलिखेल स्थित काठमाडौँ बिश्वबिधालयमा एमडीमा अध्ययनरत छन।

( स्व. रामचन्द्र न्यौपानेका छोरा छोरीहरु )

यसैगरी तिन छोरीहरुमधे जेठी छोरी प्रतिभा भट्टराई पोखराको लामाचौरस्थित इन्जिनियरिंग कलेज र गण्डकी बोर्डिंगमा अध्यापनरत छिन। यसैगरी माइली छोरी प्रतिक्षा पनि इन्जिनियरिंगको पढाई सकेर काठमाडौँमा कार्यरत छन । कान्छी छोरी लिजु माल्दिभ्समा चिकित्सकको रुपमा कार्यरत रहेको गौकुमारीकी बैनी देबी पौडेल आचार्यले गुरुकुल खबरलाई जानकारी दिईन।

यसैबीच, स्व. न्यौपानेप्रति श्रद्दान्जली अर्पण गर्न तथा परिवारजनमा समबेदना प्रकट गर्न नेपाली काँग्रेस लगायत बिभिन्न राजनीतिक दलका नेता कार्यकर्ताहरु, जनप्रतिनिधिहरु, सामजिक एबम ब्यबसायिक संघसंस्थाका प्रतिनिधिहरु र आफन्तजनहरु उनको निवास दमौली बजारमा पुग्ने क्रम जारी रहेको बताइएको छ।

 

१६ पुष २०८२, बुधबार १२:३१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा