पोखरा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधि सभाको समानुपातिक निर्वाचनतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ । राप्रपा र राप्रपा नेपालबिचको एकतापछि राप्रपाले पुराना र नयाँ अनुहार समेटेर समानुपातिक बन्दसूची तयार गरेको जनाएको छ।
पार्टीको सोमबारको कार्यसम्पादन समिति बैठकमा अधिकांश क्लस्टरमा सहमति र केही क्लस्टरमा निर्वाचनको माध्यमबाट समानुपातिकको सूची टुंगो लगाएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
राप्रपाले आयोगमा बुझाएको बन्द सूचीमा ११० जनाको नाम समावेश छ । जसमा तोरणबहादुर गुरुङ, खुस्बु ओली, मोहनकुमार श्रेष्ठ, निरुपमा यादव, प्रह्लाद साह, गोपाल दाहाल, राजेन्द्र गुरुङ लगायतको नाम समाबेश गरिएको छ ।
बन्द सूचीमा रहेकाहरुको नाम यस प्रकार रहेको छ





















