Play

रबि, बालेन र कुलमान आसन्न चुनाबमा एक हुने : कुलमानलाई उपसभापति बनाउने सहमति

गुरुकुल खबर


पोखरा, प्रमुख राजनीतिक दलप्रति आक्रामक बन्दै नयाँ बैकल्पिक शक्तिको रुपमा उदाउने प्रयासमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीसंग काठमाडौँ महानगरका मेयर बालेन शाह जोडिए लगत्तै बर्तमान सरकारका शक्तिशाली मन्त्री कुलमान घिसिङपनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा जोडिएका छन।

भदौ २३ र २४ को जेनजी आन्दोलनका अभियन्ताहरु समेतको पहलमा रास्वपाका रबि लामिछाने, बालेन शाह र कुलमान घिसिंगलाई एकै ठाउँमा जोडिएको हो अब उनीहरु आसन्न्न निर्बाचनको लागि एक ठाउँमा उभिने भएका छन।

उनीहरुको बिचमा रास्वपाको सभापति रबि लामिछाने रहने र बालेनलाई प्रधानमन्त्रीको रुपमा अगाडी सार्ने सहमति आइतबार बिहान भएकोमा आइतबार र सोमबारको लामो पहलपछि कुलमान लाई उक्त पार्टीको उपसभापति बनाउने सहमति भएको छ । यही सहमति अनुसार अन्तत: रास्वपा, बालेन र कुलमान आगामी निर्वाचनका लागि एक ठाउँमा उभिने भएका छन्।

बालेनलाई रास्वपाले भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने सहमति यसअघि नै भइसकेको छ। बालेन र रविबीच आइतबार उक्त सहमति हुँदा कुलमान त्यसमा सहभागी थिएनन्। त्यसयता उनीहरू दुई जनाले पटक पटक कुलमानसँग वार्ता गरी सहमतिमा पुगेका हुन्।

सोमबार कुलमान र रविबीच भएको भेटवार्तापछि दुवै एउटै दलबाट समानुपातिक तर्फको बन्द सूची बुझाएर अघि बढ्न सहमत भएका हुन्।रास्वपाका उपसभापति डिपी अर्यालले तीन जना मिलेर जाने सहमति भएपनि सहमतिपत्रमा हस्ताक्षर हुन भने बाँकी रहेको बताए।

काठमाडौं महानगरपालिकाका मेयर बालेन र रास्वपाका सभापति रविसँग आइतबार भएको सहमतिमा छुटेका कुलमान घिसिङलाई पनि त्यसमा सहभागी जेनजी अभियानीहरूले सहजीकरण गरिरहेका थिए। त्यसै क्रममा सुदन गुरूङ लगायतका केही जेनजी अभियानीले अहिले कुलमान घिसिङलाई आफैले गाडीमा राखेर बालेन र रविसँग वार्ता गराउन लगेका थिए। आइतबार पोखरा आएका कुलमान घिसिंग वार्ताकै लागि आइतबार साँझ नै काठमाडौँ फर्किएका थिए।

स्रोतका अनुसार कुलमानले रास्वपामा आफ्ना लागि सह-सभापति पद माग गरेका थिए। सँगसँगै, केन्द्रीय समितिदेखि समानुपतिक सूची र प्रत्यक्ष उम्मेदवारतर्फ ३० प्रतिशत हिस्सा उज्यालो नेपाल पार्टीले पाउनुपर्ने उनको माग थियो। रास्वपा पक्षले भने अहिलेको अवस्थामा कुलमानको नयाँ पार्टीले ३० प्रतिशत हिस्सा माग गर्नु अत्यन्तै धेरै भएको बताएको थियो। त्यही भएर उसले १५ प्रतिशतभन्दा बढी हिस्सा दिन नसकिने बरू उपसभापति दिन सकिने प्रस्ताव गरिएको र यसमा कुलमान सहमत भएको रास्वपाका एक नेताले जानकारी दिएका छन।

१४ पुष २०८२, सोमबार २०:५५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा