काठमाडौँ, नेपाली काँग्रेसका नेता एबम नेपाल सरकारका पूर्वगृहमन्त्री रमेश लेखकले जेनजी पुस्ताको नाममा भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा भदौ २४ गते भएको हिंसात्मक घटनालाई जेनजीको भावना विपरीतका घटना भनेका छन्। सोमबार दिउँसो जेनजी आन्दोलनका क्रममा भएको सरकारी दमन सम्बन्धमा जाँचबुझ गर्न गठित आयोगमा बयान दिएपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भदौ २४ गतेको घटनामा घुसपैठ भएको बताए।
तत्कालिन गृहमन्त्री लेखकले भदौ २४ गतेका घटनालाई युवाको मागभन्दा पृथक ढंगले हेर्नुपर्ने र आपराधिक कार्यमा संलग्न जोसुकै भएपनि कारबाही गर्नुपर्नेमा जोड दिए। जांचबुझ आयोगले २३ र २४ गतेको प्रदर्शनमा कसले कसरी घुसपैठ गर्यो भन्ने विषयलाइ पनि अत्यन्त सूक्ष्म ढंगले अनुसन्धान गर्न आवश्यक रहेको बताउंदै उनले भने, ‘आयोगले वर्तमान र भविष्य दुवैका लागि यस विषयमा गम्भीरतापूर्वक हेर्नेछ भन्ने मेरो विश्वास छ।’
‘भदौ २४ गतेका दिन जे जस्ता हिंसात्मक एवं राष्ट्रिय अस्तित्व, स्वाभिमान र लोकतन्त्र विरूद्धका घटना भए, ती कुनै देशभक्त नेपालीले कल्पना गर्न सक्ने कुरा थिएनन्। राष्ट्रका प्रमुख निकायहरू सिंहदरबार, सर्वोच्च अदालत, संसद भवन, राष्ट्रपति भवनसहित राज्यका तीनै प्रमुख अंग कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका जलाएर खरानी बनाउने दुस्साहस कुनै नेपाली मनले गर्न सक्छ भन्ने म कल्पना गर्न सक्दिन’ तत्काकालिन गृहमन्त्री समेत रहेका लेखकले भने।
उनले आंफुले राजिनामा दिएपछि भदौ २४ मा भएको घटनालाई नियोजित षडयन्त्रको रुपमा समेत चित्रण गरे। यो राष्ट्र र लोकतन्त्र माथिको नियोजित आक्रमण हो भन्ने मेरो ठम्याइ छ,’ उनले भने। ‘देशभरका सरकारी कार्यालय, प्रहरी कार्यालय, विभिन्न राजनीतिक दलका कार्यालय, व्यावसायिक एवं व्यापारिक प्रतिष्ठान तथा कार्यालयहरू र छानी छानी व्यक्तिका निजी सम्पत्तिमा आगो लगाएर खरानी बनाइयो। नेपालको इतिहासमा एकै दिन यति ठूलो क्षति कहिल्यै भएको थिएन।’
पत्रकारहरुले सोधेका बिभिन्न प्रश्नको जवाफ दिने क्रममा उनले भने ‘देशभर एकसाथ भएको यो विनाश तत्कालीन घटनाबाट उत्पन्न रिस र आवेगको उपज मात्र थियो भन्ने आधार म देख्दिनँ। भविष्यमा यसका सत्य, तथ्य खुल्दै जालान्। पूर्वतयारीका साथ सुनियोजित रूपले गरिएका आक्रमण, तोडफोड र आगजनीका घटना क्षणिक आक्रोश र आवेगमा हुनै सक्दैनन्। राज्यका अमूल्य तथा महत्त्वपूर्ण अभिलेखहरू समाप्त गरेर र राष्ट्रिय संरचनाहरूलाई भग्नावशेष बनाएर भविष्यमा पनि कुनै शासन व्यवस्था अघि बढ्न सक्ने कुरा होइन। त्यस कारण ती आक्रमण सुनियोजित र योजनाबद्ध थिएनन्, होइनन् भनेर मेरो मनले स्वीकार गर्न सकिरहेको छैन।’
पत्रकार सम्मेलन पुर्व उनले जाँचबुझ आयोग समक्ष बुझाएको बयानको पूर्ण पाठ यस प्रकार रहेको छ























