Play

लेखनाथ महोत्सब: १० करोड बढीको कारोबार, ३ लाख बढी दर्शक, आयोजकहरु उत्साहित

गुरुकुल खबर


पोखरा, पोखरा महानगरपालिकाको लेखनाथमा संचालन भैरहेको २१औँ लेखनाथ महोत्सवमा अपेक्षा गरिएभन्दा बढी दर्शक र ब्यबसायिक कारोबार भएको छ यहि पुष ३ गतेदेखि जारी लेखनाथ महोत्सबको समापन पुष १४ गते सोमबार हुँदै छ । आइतबार सम्ममा महोत्सवमा १० करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार भएको र ३ लाख १० हजार दर्शकले महोत्सबको प्रत्यक्ष अवलोकन गरेको महोत्सब आयोजक समिति एबम लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष जानुका पराजुली अधिकारीले जानकारी दिईन ।

लेखनाथ उद्योग बाणिज्य संघले हरेक बर्ष आयोजना गर्दै आएको लेखनाथ महोत्सब अन्तर्गत यस बर्ष पनि महोत्सवमा मनोरञ्जनसँगै साहित्य, संस्कृति, कृषि, प्रविधि र शिक्षा क्षेत्रलाई एकै थलोमा समेट्नुको साथै सामाजिक, सांस्कृतिक, आर्थिक तथा शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकको भनाई छ ।

महोत्सव अवधिभर साहित्यिक गोष्ठी, महिला विशेष कार्यक्रम, विद्यालयस्तरीय प्रतियोगिता, सांस्कृतिक कार्यक्रम, आदिवासी जनजाति विशेष कार्यक्रम, जैविक विविधता प्रदर्शनी, कृषि तथा पशुपंक्षी प्रदर्शनी, सूचना प्रविधि तथा शैक्षिक प्रदर्शनी, साथै हस्तकला तथा स्थानीय उत्पादनहरूको प्रदर्शनीलाई प्राथमिकता दिईएको थियो । विभिन्न जातजातिका लोपोन्मुख रीतिरिवाज, चालचलन र सांस्कृतिक पहिचान झल्काउने नृत्य तथा सांस्कृतिक प्रस्तुतिले त्यहाँ पुग्ने दर्शकको मन जितेको थियो  ।

महोत्सवमा देशभरबाट आएका ख्यातिप्राप्त हास्यव्यङ्ग्य कलाकारहरूको दैनिक प्रस्तुति, राष्ट्रिय लोकदोहोरी गीत कार्यक्रम, लाइभ म्युजिक कन्सर्ट, बाल उद्यान तथा खाना महोत्सवले दर्शकको उल्लेखनीय सहभागिता र उत्साह बढाएको थियो । विशेषगरी स्थानीय परिकार तथा कृषि उत्पादनको प्रवर्द्धनले स्थानीय व्यवसायी र कृषकलाई प्रत्यक्ष लाभ पुगेको आयोजक समितिले जनाएको छ ।

महोत्सवकी मूल संयोजक तथा अध्यक्ष जानुका पराजुली अधिकारीले २१औँ संस्करणको लेखनाथ महोत्सवले यस क्षेत्रको पहिचानलाई राष्ट्रियस्तरमा चिनाउन सफल भएको बताउँदै, यस्ता महोत्सवले सामाजिक एकता, सांस्कृतिक संरक्षण र आर्थिक विकासमा टेवा पुर्‍याउने उल्लेख गरिन् । उनले आगामी दिनमा पनि स्थानीय तहबाट यस्ता सिर्जनात्मक तथा विकासमुखी कार्यक्रमलाई निरन्तर सहयोग रहने प्रतिबद्धता जनाइन् ।

आयोजक समितिका अनुसार महोत्सवले पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना तथा आर्थिक गतिबिधि बढाउन महत्वपूर्ण भूमिका खेलेको छ । महोत्सवका प्रचार संयोजक ध्रुवबाबु भट्टराईका अनुसार महोत्सव अवधिभर लाखौँ दर्शकको सहभागिता रहेको र अपेक्षाभन्दा बढी कारोबार भएकोले उत्साह थपिएको छ ।

लेखनाथ महोत्सवको समापन सोमबार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको प्रमुख आतिथ्यमा गरिने भएको छ । समापन समारोहमा विभिन्न संघसंस्था, कलाकार, स्वयंसेवक, प्रायोजक तथा सहयोगीहरूलाई सम्मान गरिने आयोजक समितिले जनाएको छ ।

१३ पुष २०८२, आईतवार २०:२७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा