Play

निर्बाचनको बाताबरण बनिसक्यो, अब चुनाब मार्फत विकास र समृद्धिको यात्रा अगाडी बढ्छ- मन्त्री खरेल

गुरुकुल खबर


पोखरा, संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले प्रधानमन्त्री सुशिला कार्कीसंग शनिबार प्रमुख तीन दलका शीर्ष नेताहरूबीचको छलफल र त्यस अगाडी प्रमुख दलका शिर्ष नेताहरुसंग सरकारको तर्फबाट भएको छलफलपछि निर्बाचनको बाताबरण बनेको भन्दै निर्बाचन मार्फत मुलुकलाई समृद्धि र बिकासको बाटोमा अगाडी बढाउने आबश्यकतामा जोड दिएका छन।

‘आमसंचारलाई व्यावसायिक बनाउन संचार क्षेत्रमा विकसित अवधारणा’ सम्बन्धमा पोखरामा शनिबार आयोजित अन्तरक्रियामा बोल्दै नेपाल सरकारका प्रबक्ता समेत रहेका मन्त्री खरेलले पछिल्लो हप्ता सरकारले राजनीतिक दल, जेनजी प्रतिनिधि र सरोकारवाला निकायसंग सघन छलफल गरेको जानकारी दिए । ‘मुख्य राजनीतिक दलका कार्यालय र शीर्ष नेताका निवासमै पुगेर सरकारले वार्ता गरेको छ, सबै राजनीतिक दलहरू निर्वाचनको तयारीमा होमिएका छन्, समानुपातिकतर्फका उम्मेदवारको बन्द सूची बुझाउँदैछन्, मुलुक निर्वाचनमा अगाडि बढिसकेको छ।’ उनले भने ।

मन्त्री खरेलले नयाँ दलहरूबीचको एकता र सहकार्यले पनि निर्वाचनको माहोल सिर्जना गरेको उल्लेख गर्दै उनले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमार्फत मुलुक विकास र समृद्धिको मार्गमा अघि बढ्ने बिश्वास व्यक्त गरे। ‘नयाँ पुस्ताले उठाएको माग बमोजिम निर्वाचनपछि बन्ने सरकारले मुलुकलाई अगाडि बढाउनेछ, जेनजी आन्दोलनको मर्म र भावना अनुसार सुशासन कायम हुनेछ, भ्रष्टाचार अन्त्य हुनेछ।’ उनको भनाई थियो।

मन्त्री खरेलले अहिले संचारक्षेत्र संकटमा रहेको स्वीकार गर्दै संचार माध्यमका सामग्री शक्तिशाली र गहन हुनुपर्नेमा भने जोड दिए। ‘म मिडियाका संकट, चुनौती र अवसरहरूसँग जानकार छु’, उनले भने, ‘देशमा करिब १५ हजार मिडिया हुनुले मिडिया कसरी बच्ने भन्ने प्रश्न उब्जाएको छ।’ उनले भने।

नयाँ मिडियालाई ‘न्यू मूलधार’ को संज्ञा दिँदै उनले परम्परागत संचार माध्यमले पनि नयाँ प्रविधिलाई आत्मसात गर्नुपर्ने विचार राखे। ‘अब न्यू मिडियालाई नजरअन्दाज गर्न पाइँदैन, समय बदलिएको अबस्थामा पुरानो मिडियाप्रति सम्मान रहेपनि अबको समय न्यू मिडियाको हो।’ नियमावली बनाएर दर्ता र सूचीकरण गरी न्यू मिडियालाई पहिचान दिने तर्फ आबश्यक प्रक्रिया शुरु गरिनेछ।’ मन्त्री खरेलले भने

कार्यक्रममा गण्डकी प्रदेश सरकारका मुख्य सचिव डन्डुराज घिमिरेले प्रदेश सरकार संचार क्षेत्रसँग सहकार्य गर्न तयार रहेको बताए। उनले प्रदेशले संचार ऐन र नियमावली बनाएर प्रेस रजिस्ट्रार कार्यालय स्थापना गरिसकेको जानकारी दिए।  संचार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा कास्कीकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, पत्रकार महासंघ गण्डकी अध्यक्ष रमेश पाैडेल र पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले पनि आफ्ना धारणा राखे। छलफलमा संचार मन्त्रालयका सहसचिव उदयबहादुर रानामगर, गण्डकीकी प्रेस रजिस्ट्रार विमला भण्डारी र विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईले कार्यपत्र प्रस्तुत गरेका थिए।

१३ पुष २०८२, आईतवार १५:५९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा