Play

सामूदायिक विद्यालयमा शिक्षाको गुणस्तर एवम् प्रभावकारिता बारेमा शिक्षक माझ बहस सुरु

गुरुकुल खबर


पोखरा, पोखरामा कृयाशिल सामूदायिक विद्यालयका शिक्षक सम्बद्ध महासंघ सहित संघ संगठनले महानगर क्षेत्र भित्रका समूदायिक विद्यालयको शिक्षालाई गुणस्तरीय एवम् प्रभावकारी बनाउने सम्बन्धमा आन्तरिक बहस सुरु गरेका छन् । राज्यको महत्वपूर्ण लगानी भैरहेको सामूदायिक विद्यालयहरूमा घट्दै गएको विद्यार्थी संख्याका साथै यसतर्फ अभिभावक तथा विद्यार्थीको आकर्षण बढाउनका लागि शिक्षक सम्बद्ध संघ संगठनबाट खेल्न सकिने भूमिका लगायतका विषयमा बहस थालिएको हो ।

एक अर्का दोषारोपण गर्न भन्दा पनि सबैको सामूहिक प्रयासबाट यस क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्न सकिन्छ भन्ने विश्वास सहित शिक्षक सम्बद्ध सघ संगठनहरूले यस सम्बन्धमा सामुहिक बहसको थालनी गरेको एकिकृत अखिल नेपाल शिक्षक संगठन पोखरा महानगर पालिकाका अध्यक्ष टंकप्रसाद सुवेदीले जानकारी दिए ।

पछिल्लो समयमा घट्दो जनसंख्या बृद्धिदरसँगै समाजमा हुँदा खाने र हुने खानेबीचको विभेदको प्रत्यक्ष प्रभाव सामुदायिक विद्यालयहरूमा परिरहेको बताउँदै उनले सरकारको ठूलो लगानी भैरहेका यी विद्यालयमा विद्यार्थी तथा अभिभावकको आकर्षण बढाउन राज्यको उचित नीति आवश्यक हुने धारणा राखे । सामूदायिक विद्यालयका शिक्षकलाई समयसापेक्ष तालिमका साथै व्यवहारिक तथा प्रयोगात्मक शिक्षामा राज्यले जोड दिनुपर्ने उनको भनाई थियो ।

नेपाल शिक्षक महासंघ पोखरा महानगरपालिकाका अध्यक्ष नन्दलाल काफ्लेले सामूदायिक विद्यालय प्रतिको आकर्षण बढाउनका लागि यथासीघ्र दरबन्दी मिलानसँगै प्रधानाध्यापकहरूको उचित व्यवस्थापनतर्फ चासो दिनु अपरिहार्य भएको बताए । सामूदायिक विद्यालयको शिक्षालाई प्रभावकारी बनाउन अभिभावक शिक्षाको पनि आवश्यकता रहेको उनको भनाइ छ ।

नेपाल शिक्षक संघ पोखरा महानगरपालिकाका अध्यक्ष किरणबाबु न्यौपानेले कार्यविधि बनाएर प्रधानाध्यापकको व्यवस्थापन गर्नुु जरुरी रहेको बताए । प्रधानाध्यापकलाई अधिकार सम्पन्न बनाउनका साथै बैज्ञानिक दरबन्दी मिलान हुनुपर्ने उनको भनाई थियो ।

नेपाल राष्ट्रिय शिक्षक संगठन पोखरा महानगरपालिकाका अध्यक्ष यामनारायण लामिछानेले सबैको सामूहिक प्रयास भएमा सामूदायिक विद्यालयप्रतिको आकर्षण बढाउँदै विद्यमान समस्याहरू समाधान गर्न सकिने धारणा राखे । सामूदायिक विद्यालयको समग्र विकासका लागि यो वा त्यो रुपमा विभाजित नभै एकतावद्ध भएर अघि बढ्नुु आवश्यक भएकोमा सरोकारावाले जोड दिएका छन् ।

नेपाल शिक्षक महासंघ पोखरा महानगरपालिकाका सह अध्यक्ष दुर्गाप्रसाद सुवेदी, सचिव गोपिराज अधिकारी, नेपाल राष्ट्रिय शिक्षक संगठनका सचिव नेपाल प्रकाश अधिकारी नेपाल शिक्षक संघका सचिव नवराज आचार्य लगायतले शैक्षिक गुणस्तर अभिबृद्धिका लागि सरोकारवाला सबैको एकतावद्ध प्रयास आवश्यक हुने बताए । स्रोत केन्द्रको सञ्चालनसँगै उत्पादित जनशक्तिलाई स्वरोजगारसँगै बजारमा बिक्न सक्ने बनाउनका लागि सार्थक बहससँगै पहलकदमी आवश्यक रहेको उनीहरुको  भनाइ छ ।

१२ पुष २०८२, शनिबार २१:५७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा