Play

चलचित्र पत्रकार संघ कास्कीको नयाँ समिति सर्वसम्मत, अध्यक्षमा बस्याल

गुरुकुल खबर


पोखरा, चलचित्र पत्रकार संघ नेपाल कास्कीको छैटौँ अधिवेशन पोखरामा सम्पन्न भएको छ ।अधिवेशनले चलचित्र पत्रकार संघ कास्कीको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ । संघको अध्यक्षमा सन्तोष बस्याल, उपाध्यक्षमा गौरव त्रिपाठी, सचिवमा सुरेश सुनार, सह–सचिवमा सिद्धार्थ गौतम, कोषाध्यक्षमा सुरक्षा श्रेष्ठ रहेका छन ।

कार्यसमितिको सदस्यहरुमा प्रेम थापा, विनिता सुनार, सुरज थापा, सागर ढकाल, सुष्मा नेपाली, अभिनन्दन बजिमय र नारायण पौडेल चयन भएका छन्। अधिबेशनबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा आशिष पुरी र मिलन थापालाई मनोनयन गरिएको संघले जनाएको छ।

नव–निर्वाचित अध्यक्ष बस्यालले चलचित्र सम्बन्धी अनुसन्धान, बहस, समीक्षा र प्रवर्द्धनात्मक गतिविधि विस्तार गर्ने संस्थाले काम गर्ने प्रतिबद्धता व्यक्त गरे। यस अघि गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले अधिबेशनको उद्घाटन गर्दै प्रदेशमै चलचित्र विकास बोर्ड गठन गरी फिल्म–टुरिजमलाई नयाँ उचाइमा पुर्‍याउन नयाँ नेतृत्वले पहल गर्नुपर्ने बताए।

कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष समिर वलामीले पछिल्लो समय नेपाली फिल्मले ६० करोडसम्मको आम्दानी गर्न सफल भएकाले अब पत्रकारिताले चलचित्रको भाव, कलात्मकता र सामाजिक सन्देशलाई गहिराइमा पुगेर व्याख्या गर्न सक्नुपर्नेमा जोड दिए।

गण्डकीका प्रेस रजिस्टार बिमला भण्डारी, पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराल, संघका संस्थापक अध्यक्ष श्रीराम सिग्देल, पूर्व अध्यक्ष अरुण गिरी लगायत वक्ताहरूले चलचित्र पत्रकारिताले फिल्म उद्योगलाई सञ्चारको मात्र सहारा होइन, समालोचनात्मक मार्गदर्शन र अभिलेखको भूमिका समेत निर्वाह गर्नुपर्ने धारणा व्यक्त गरे।

१२ पुष २०८२, शनिबार २१:४८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा