Play

इन्द्रराज्यलक्ष्मी माविको वार्षिक खेलकुद सम्पन्न, पहेलो सदनलाई ‘हाउस अफ द इयर’

गुरुकुल खबर


पोखरा, पोखरा महानगरपालिका वडा नम्बर १६ लामाचौरस्थित श्री इन्द्रराज्यलक्ष्मी माध्यमिक विद्यालयको वार्षिक खेलकुद कार्यक्रम–२०८२  सम्पन्न भएको छ। यही पुस ६ गतेदेखि सुरु भएको खेलकुद प्रतियोगिता शुक्रबार सम्पन्न भएको र खेलकुद प्रतियोगिता लगायत बिभिन्न विधामा भएका प्रतियोगिताका बिजयी बिधार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो।

खेलकुद प्रतियोगितामा नर्सरीदेखि कक्षा १२ सम्मका विद्यार्थीहरूले उत्साहजनक सहभागिता जनाएका थिए । कार्यक्रमको सुरुवातमा रातो, निलो, हरियो र पहेलो सदनका विद्यार्थीहरूले मार्चपास प्रदर्शन गरेका थिए । चार दिनसम्म चलेको उक्त प्रतियोगितामा विद्यार्थीहरूले फुटबल, भलिबल, खो-खो, कपर्दी र डोरी तान्ने एबम एथलेटिक्स तर्फ १ सय मिटरदेखि १ हजार ६ सय मिटरसम्मको दौड, रिले दौड, भाला फाल्ने र सटपुटको साथै टेबल टेनिस, म्युजिकल चेयर, मिठाई दौड, बोरा दौड र तातो आलु जस्ता प्रतियोगिता सम्पन्न गरिएका थिए ।

यस वर्षको खेलकुदमा समग्र विधामा उत्कृष्ट प्रदर्शन गर्दै पहेंलो सदनलाई ‘हाउस अफ द इयर’ घोषणा गरिएको थियो  उक्त सदनलाई रनिङ सिल्ड  प्रदान गरिएको थियो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलबहादुर थापाको अध्यक्षतामा सम्पन्न पुरस्कार वितरण समारोहमा विजेता विद्यार्थीहरूलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रममा समितिका अध्यक्ष थापा, शिक्षक अभिभावक संघका अध्यक्ष राजकुमार क्षेत्री र प्रधानाध्यापक केशवप्रसाद अम्गाईले पुरस्कार वितरण गरेका थिए ।

सोही अवसरमा नवआदर्श सामुदायिक विकास समाजद्वारा कक्षा ९ देखि १२ सम्मका विद्यार्थीका लागि आयोजित निबन्ध लेखन प्रतियोगिताका विजेताहरूलाई पनि पुरस्कृत गरिएको थियो । समाजका अध्यक्ष ई. दिनेश भण्डारीले विद्यालयलाई एक थान ल्यापटप, दुई थान भलिबल र बास्केटबल हस्तान्तरण गर्दै आगामी दिनमा पनि सहकार्य जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

कार्यक्रममा बिधालय ब्यबस्थापन समितिका सदस्य निर्मल थापा, सहायक प्रधानाध्यापक बलबहादुर श्रेष्ठ, शैक्षिक संयोजक धनकुमार श्रेष्ठ, अतिरिक्त क्रियाकलाप संयोजक गीता कुमारी शर्मा, प्रावि इन्चार्ज सिर्जना थापा, अनुगमन समिति संयोजक चित्रबहादुर थापा, आन्तरिक खरिद समितिका संयोजक निर्मल थापा लगायत शिक्षक र विद्यालयका कर्मचारीहरूको उपस्थिति रहेको थियो । विद्यालयका सहायक प्रधानाध्यापक बलबहादुर श्रेष्ठले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक एवं सूचना अधिकारी सीता पौडेलले गरेको बताइएको छ।

१२ पुष २०८२, शनिबार १८:५२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा