Play

उत्कृष्ट करदाताको रुपमा मणिपाल अस्पताललाई पोखरा महानगरपालिकाको सम्मान

गुरुकुल खबर


पोखरा, पोखरा महानगरपालिका-११ फुलबारीमा संचालित मणिपाल शिक्षण अस्पताललाई पोखरा महानगरपालिकाले उत्कृष्ट करदाताका रूपमा हालै सम्मान गरेको छ । पोखरा महानगरले आफ्नो ६७ औं स्थापना दिवसका अवसरमा आयोजित एक बिशेष समारोहमा मणिपाल अस्पताललाई  सम्मान गरेको हो ।

मणिपाल अस्पतालले आर्थिक वर्ष २०८१/०८२ मा ३६ लाख १४ हजार १५ रुपैयाँ कर तिरेर पोखरा महानगरपालिकालाई कर तिर्ने करदाताहरु मध्ये सर्वाधिक कर तिर्ने ब्यबसायिक प्रतिष्ठान बनेको भन्दै पोखरा महानगरपालिकाले सम्मान गरेको हो  ।

पोखरा महानगरपालिकाको स्थापना दिवसको आबसरमा आयोजित मूल समारोहमा मणिपालका अस्पतालका संचालक नारायण पौडेललाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र पोखरा महानगर प्रमुख धनराज आचार्यले सम्मान गरेका थिए ।

सोहि समारोहमा मणिपाल अस्पताल पछि पोखरा ग्रान्ड प्रालिले २१ लाख ८४ हजार १ सय ८६ रुपैयाँ, महेशबहादुर भट्टराईले ११ लाख १४ हजार १ सय २६ रुपैयाँ, कर्मचारी सञ्चय कोषले १० लाख ९३ हजार ८ सय ७० रुपैयाँ, गण्डकी मेडिकल कलेजले १० लाख ३८ हजार ६ सय ११ रुपैयाँ र होटल सांग्रिला भिलेजले ६ लाख ७ हजार ५ सय ३५ रुपैयाँ कर तिरेको भन्दै उनीहरुलाई पनि सम्मान गरिएको थियो ।

उनीहरूले मालपोत, सम्पत्ति र व्यवसाय कर बापत उक्त रकम महानगरलाई तिरेका हुन् । स्थापना दिवसकै अवसरमा नियमित कर तिर्ने करदाताहरु र महानगरपालिकामा कार्यरत कर्मचारीहरुलाई पनि सम्मान गरिएको थियो ।

१२ पुष २०८२, शनिबार १७:५० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा