Play

जनप्रिय बहुमुखी क्याम्पसमा नयाँ समितिको पदस्थापन, शैक्षिक बिकासको लागि प्रतिबद्द छु- अध्यक्ष पहारी

गुरुकुल खबर


पोखरा  पोखराको प्रतिष्ठित सामुदायिक क्याम्पसको रुपमा परिचित जनप्रिय बहुमुखी क्याम्पसको नवनिर्वाचित संचालक समितिका  पदाधिकारी एबम सदस्यहरुको पदस्थापन एबम शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ क्याम्पसको २७ औं वार्षिक साधारणसभा तथा १० औं अधिवेशनबाट निर्वाचित अध्यक्ष राजेन्द्र पहारी सहित ११ जनाले आइतबार पद तथा गोपनीयताको शपथ लिएका हुन । २५ सदस्यीय सञ्चालक समितिमा निर्वाचित बाहेकका सदस्य मनोनयन र पदेन रहने व्यवस्था छ ।

निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता बोधराज बरालले नवनिर्वाचित पदाधिकारीलाई शपथ ग्रहण गराउँदै प्रमाणपत्र प्रदान गरेका थिए।शपथ लिने सदस्यमा गणेशबहादुर अधिकारी, नम्रता बराल, तिलकराम पौडेल, गिरिराज चालिसे, विश्वकुमार बिजुक्छे, पदमबन्धु पोखरेल, लक्ष्मीप्रसाद पौडेल, ईन्द्रप्रसाद पौडेल, इन्जिनियर शारदामोहन काफ्ले, राधिका रेग्मी सिग्देल र हेमबहादुर थापा पराजुली छन्

उक्त समारोहमा बोल्दै नवनिर्बाचित अध्यक्ष राजेन्द्र पहारीले क्याम्पसको ऐतिहासिक गरिमालाई कायम राख्दै शैक्षिक गुणस्तरमा कुनै सम्झौता नगर्ने प्रतिबद्धता गरे । आइतबार क्याम्पसमा आयोजित पदस्थापना तथा शपथ ग्रहण समारोहमा अध्यक्ष पहारीले विश्वविद्यालय अनुदान आयोगबाट क्याम्पसले प्राप्त गर्ने गुणस्तर सुनिश्चितता तथा प्रत्यायनको तेस्रो चक्रको प्रमाणपत्र हाँसिल गर्न आफूले कुनै कसर बाँकी नराख्ने बताए ।

अध्यक्ष पहारीले आफ्नो तीनवर्षे कार्यकाल (२०८२–२०८५) को मार्गचित्र प्रस्तुत गरे । उनले गण्डकी प्रदेश सरकारसँग प्रभावकारी समन्वय गरी सर्वसुलभ शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्ने र श्रमबजारको मागअनुरूप दक्ष जनशक्ति उत्पादन गर्ने कुरालाई आफ्नो बटमलाइन बनाएका छन् । ‘मेरो नेतृत्व क्याम्पसको समृद्धि, संस्थागत सुशासन र शैक्षिक उत्कृष्टतामा केन्द्रित हुनेछ,’ अध्यक्ष पहारीले भने, ‘हामी सबै पक्षलाई समेटेर, सबैसँग हातेमालो गर्दै जनप्रियलाई नाम जस्तै साँच्चिकै ‘जनप्रिय’ बनाउन समर्पित हुने छौँ ।’

पदस्थापना समारोहमा क्याम्पस संचालक समितिका निबर्तमान अध्यक्ष बिरेन्द्र नारायण बिजुक्छेले क्याम्पसको शैक्षिक एबम भौतिक बिकासमा नयाँ संचालक समितिको भूमिका थप महत्वपूर्ण हुने बिचार ब्यक्त गरे। समारोहमा बोल्ने बक्ताहरुले शैक्षिक संस्थालाई राजनीतिबाट मुक्त राख्नुपर्नेमा विशेष जोड दिएका थिए ।

कार्यक्रममा संस्थापक उपाध्यक्ष हरिप्रसाद बराल, सल्लाहकार तथा पूर्वअध्यक्ष दामोदर चालिसे, पूर्व कार्यवाहक अध्यक्ष परशुराम बराल, लगायतले क्याम्पसलाई केन्द्रविन्दुमा राखेर काम गर्न सुझाव दिए । पब्लिक क्याम्पस प्राध्यापक संघ जनप्रिय एकाइका अध्यक्ष विकास थापामगरले पनि शैक्षिक गुणस्तरमा नयाँ समितिले विशेष ध्यान दिनुपर्ने बताए । निर्वाचन समिति संयोजक अधिवक्ता बोधराज बरालको अध्यक्षतामा कार्यक्रम भएको हो ।

९ पुष २०८२, बुधबार १०:३८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा