Play

जेनजी बिद्रोहपछि पहिलोपटक प्रधानमन्त्री कार्की र प्रमुख तिन दलका नेताबीच भेटबार्ता

गुरुकुल खबर


काठमाडौँ, जेनजी पुस्ताको नाममा भदौ २३ र २४ गते भएको आन्दोलनपछि बनेको सरकारका प्रमुख तथा प्रधानमन्त्री सुशिला कार्की र प्रमुख दलका प्रमुख नेताहरु पहिलोपटक मंगलबार एकैठाउँमा भेटवार्ता गरेका छन् ।  राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीसहित नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई एकैठाउँमा भेटबार्ता गर्ने अवसर जुटाएका हुन्।

यसअघि प्रधानमन्त्री कार्कीले प्रमुख दलका शीर्ष नेतालाई एक्लै नभेट्ने बताउँदै आएकी थिइन् । प्रमुख दलका शीर्ष नेताले फागुन २१ को निर्वाचन लगायतमा प्रधानमन्त्रीले आफूहरूसँग कुनै छलफल नगरेको भन्दै गुनासो गर्दै आएका थिए ।  जेनजी बिद्रोह पछि कार्की नेतृत्वमा बनेको सरकारले तीन महिना बिताएपछि मंगलबार राष्ट्रपति कार्यालय शीतल निवासमा प्रधानमन्त्री सुशीला कार्की, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डविच भेटवार्ता र निर्वाचनबारे कुराकानी भएको बुझिएको छ ।

आजको भेटघाटसंगै प्रधानमन्त्री कार्की र प्रमुख दलका नेताहरुबिचको संवादहीनता अन्त्य भएको छ । सरकारले निर्वाचनको तयारी गरिरहेका समयमा नेकपा एमाले र कांग्रेसका केहि सांसदहरु संसद पुनर्स्थापनाको मागसहित सर्वोच्च अदालत गएका छन् । एमालेको महाधिबेशनबाट नवनिर्बाचित अध्यक्ष केपी ओलीले संसद पुनर्स्थापना तथा सर्वदलीय सरकार गठन गरेर संसदबाटै जेनजीका माग सम्बोधन गर्न सकिने प्रस्ताव अघि सारेका छन ।

नेपाली काँग्रेसले संसद बिघटन असंबैधानिक भएपनि निर्बाचनबाट काँग्रेस नभाग्ने तर सर्वाच्च अदालतमा संसद पुनर्स्थापना सम्बन्धमा मुद्दा परेकोले अदालतमा विचाराधीन बिषयमा अन्य टिप्पणी नगर्ने बताएको छ।  तर, कांग्रेसका कतिपय सांसदहरु संसद पुनर्स्थापनाको पक्षमा लागेर हस्ताक्षर समेत संकलन गरिसकेकोले कांग्रेस पनि संसद पुनर्स्थापनाको पक्षमा लागेको अनुमान गरिएको छ।

राष्ट्रपति कार्यालय शितल निवासमा भएको छलफल वा भेटघाटको विवरण आउन बाँकी छ।

८ पुष २०८२, मंगलवार १७:४२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा