पोखरा, सुशिला कार्की नेतृत्वको अन्तरिम सरकारले एकैदिन ठुलो संख्यामा नेपाल सरकारका सहसचिबहरुको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल सरकार अन्तर्गतका ६० जना सहसचिवको सरुवा गरेको हो ।
कविन्द्र नेपाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ । विनोद कुमार कुँवरलाई राष्ट्रिय समावेशी आयोगमा सरुवा गरिएको छ । त्यस्तै सुशील ढकाललाई भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा गरिएको छ ।
सहसचिव कमल प्रसाद भट्टराईलाई प्रदेश सचिवका रूपमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेस प्रदेशमा कामकाजमा खटाइएको छ ।
कुन सहसचिब लाई कहाँ सरुवा गरियो ?
























