पोखरा, नख्खु कारागारमा बन्दि जिबन बिताइरहेका रास्वपा सभापति रवि लामिछाने रिहा शुक्रबार साँझ बुटवलबाट रिहा भएका छन् । शुक्रबार नै रुपन्देही पुगेका लामिछानेले अदालतको कागजी प्रक्रिया पूरा गरेर रिहा भएका हुन् । बिहीबार उच्च अदालत बुटवलले बैंक ग्यारेन्टीमा छाड्ने आदेश दिएपछि लामिछाने कागजी प्रक्रिया पूरा रुपन्देही पुगेका थिए ।
गौतमबुद्ध विमानस्थल हुस्सुका कारणले बन्द भएपछि काठमाडौँबाट चितवनसम्म जहाजमा र त्यहाँबाट सडक मार्ग हुँदै उनलाई रुपन्देही लागिएको थियो। त्यसपछि लामिछाने कागजी प्रक्रिया पूरा गर्नका लागि जिल्ला अदालत पुगेका थिए ।

उनलाई उच्च अदालत बुटवलले धरौटीमा छाड्ने आदेश बिहिबार दिएको थियो। लामिछानेलाई बिहीबार तुलसीपुर उच्च अदालत बुटवल इजलासका न्यायाधीश वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले जिल्ला अदालतको साउन २६ को आदेश बदर गर्दै बिगो बराबरको बैङ्क जमानत लिएर सर्तसहित थुनामुक्त गर्न आदेश गरेको थियो ।
यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जेलबाट छुटेपछि सभापति रवि लामिछाने पार्टीको जिम्मेवारीमा फर्किने जानकारी गराएको छ ।उपसभापति डोलप्रसाद अर्यालले विज्ञप्ति जारी गर्दै लामिछाने पार्टीको मूल जिम्मेवारीमा फर्किने जानकारी गराएका हुन् । ‘कानुनी र प्रशासनिक प्रक्रिया पूरा गरी सभापति तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्किनुहुने व्यहोरा अवगत गराउँछौँ’ अर्यालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
लामिछानेलाई बिहीबार उच्चअदालत तुलसीपुर बुटवल इजलासले धरौटी बुझाएर थुनामुक्त गर्न आदेश दिएपछि रास्वपाले यस्तो जानकारी गराएको हो । सहकारी ठगी प्रकरणमा मुद्दा दायर भएपछि लामिछानेको तत्कालीन सांसद पद पनि निलम्बनमा परेको थियो भने कार्यवाहक सभापतिको जिम्मेवारी अर्याललाई दिएका थिए ।



















