Play

नेपाल चिकित्सक संघ केन्द्रीय समितिको चुनाब: लोकतन्त्रबादी समुहका डा. रिजाल नेतृत्वको प्यानलमा को उमेदवार?

गुरुकुल खबर


पोखरा, नेपालका चिकित्सक वा डाक्टरहरुको छाता संस्था ‘नेपाल चिकित्सक संघको केन्द्रीय कार्यकारिणी समितिको आसन्न निर्बाचनका कारण देशभरका चिकित्सकहरुलाई चुनाब लाग्न थालेको छ । आगामी माघमा हुने चिकित्सक संघको निर्वाचन अन्तर्गत काठमाडौँ उपत्यका बाहिर बिभिन्न स्थानमा आगामी माघ २ र ३ गते तथा काठमाडौँ उपत्यकाभित्र आगामी माघ १५, १६ र १७ मतदान हुने संघले जनाएको छ ।

चिकित्सक संघको केन्द्रीय कार्यसमितिको कूल १९ पदमा निर्वाचन हुन लागेको हो । कार्यसमितिमा अध्यक्ष १ जना, वरिष्ठ उपाध्यक्ष १ जना, उपाध्यक्ष ७ जना (प्रत्येक प्रदेशबाट १/१ जना प्रादेशिक संयोजक समेत रहने गरी), महासचिवमा १ जना, कोषाध्यक्षमा १ जना, सहसचिवमा १ जना र सह–कोषाध्यक्ष १ जना पदाधिकारीको साथै कार्यसमितिका ६ जना सदस्यहरु गरी १९ पदका लागि चुनाब हुने भएको हो। उल्लिखित पदमा बिभिन्न तीनवटा समुहको तर्फबाट उमेदवारी समेत दर्ता भैसकेको बताइएको छ ।

संघको नयाँ कार्यसमितिको अध्यक्ष पदका लागि डा बद्री रिजाल, डा मङ्गल रावल र डा नारायणप्रसाद भुसालले उमेदवारी दर्ता गराएका छन । अध्यक्षका तीनजना प्रत्यासीमध्ये डा. रिजाल लोकतान्त्रिक समुहको प्रतिनिधित्व गर्छन भने डा. रावलले प्रगतिशील निकट चिकित्सकहरुको प्रतिनिधित्व गर्छन। डा. भुषालले भने स्वतन्त्र रुपमा उमेदवारी दिएको बताइएको छ। यसै क्रममा संघको केन्द्रीय कार्यसमितिको बिभिन्न पदमा उमेदवारी दर्ता गराएकाहरुको प्रारम्भिक नामावली पनि शुक्रबार सार्वजनिक गरिएको चिकित्सक संघले जनाएको छ।

नेपाल चिकित्सक संघमा लामो समयदेखि लोकतन्त्रबादी चिकित्सकहरुले नै बिजय प्राप्त गर्दै आएकोले यस पटक पनि नतिजा नेपाली काँग्रेस निकट वा डा. रिजालको समूहमा नै आउने विश्वास प्रजातन्त्रबादी चिकित्सकहरुको रहेको छ। यस अगाडिको महाधिबेशनमा पनि डा. अनिल बिक्रम कार्कीले लोकतन्त्रबादी प्यानलको नेतृत्व गर्दै अध्यक्ष पदमा चुनाब जितेका थिए।

प्रजातन्त्रबादी अर्थात लोकतन्त्रबादी निकट मानिने डा. बद्रि रिजालको समुहबाट उमेदवारी दर्ता गराउनेहरु मध्ये उपाध्यक्ष एबम प्रदेश संयोजकतर्फ कोशी प्रदेशबाट डा. रोशन खड्का, मधेशबाट डा. अमित रञ्जन मिश्र, बागमतीबाट डा. सुभाष भट्टराई, लुम्बिनीबाट डा. दिनेश चौधरी, गण्डकीबाट डा. नवराज लम्डारी, कर्णालीबाट डा. सोभित, र सुदूरपश्चिमबाट डा. प्रमोद जोशी रहेका छन। गण्डकी प्रदेशबाट केन्द्रीय उपाध्यक्ष एबम प्रदेश संयोजक पदमा उमेदवारी दिने डा. नवराज पनि पोखरामा कार्यरत छन।

डा. रिजालको समुहबाट सदस्य पदमा उमेदवारी दिनेहरुमा पोखराका युवा चिकित्सक डा. सुष्मित काफ्ले सहित डा. परशुराम घिमिरे, डा. राकेश साह, डा. बिना श्रेष्ठ, डा. हिमलाल भण्डारी र सुवोध मिश्र रहेका छन्। डा. रिजालको प्यानलमा परेर सदस्य पदमा चुनाब लड्न ३३ जनाले चाहना ब्यक्त गरेको भएपनि ६ जनाको मात्र कोटा रहेको कारण सिमितले मात्र अवसर पाएको बुझिएको छ।

अध्यक्षका प्रत्यासी डा. बद्रि रिजाल महाराजगंज मेडिकल क्याम्पस बाट एमबिबिएस र एमएस (अर्थोपेडिक्स) अध्ययन गरि हाल राष्ट्रिय ट्रमा सेन्टरमा एसोसियट प्रोफेसर र प्रमुख कन्सल्टेन्ट अर्थोपेडिक्स सर्जनको रूपमा कार्यरत छन। डा. रिजालले नेपाल चिकित्सक संघको केन्द्रिय सदस्य, महासचिब र बरिष्ठ उपाध्यक्षको जिम्मेवारी पुरा गरेर आसन्न निर्वाचनमा अध्यक्ष पदमा उमेदवारी दिएका हुन।

गण्डकी प्रदेशबाट केन्द्रीय उपाध्यक्षमा डा. लम्डारी र सदस्यमा पोखराका डा. काफ्लेको उमेदवारी

डा. रिजालको समुहमा रहेर गण्डकी प्रदेश संयोजक तथा केन्द्रीय समितिको उपाध्यक्षमा उमेदवारी दिने डा. नवराज लम्डारीले बंगलादेशको ढाका युनिभर्सिटीबाट बिडीएस र बिर अस्पतालबाट एमडीएस गरेका हुन्।

चितवनको भरतपुरस्थित बिभिन्न शिक्षण अस्पतालमा प्राध्यापन गरेका उनी अघिल्लो अधिबेशनबाट नेपाल चिकित्सक संघको गण्डकी प्रदेशको महासचिबमा निर्बाचित भएका थिए। बाग्लुंग अस्पतालको पहिलो डेन्टल सर्जन समेत रहेका उनि हाल पोखरामा कार्यरत छन।

पोखरा घर भएका डा. सुष्मित काफ्लेले करिब १ दशक अगाडी एमबिबिएस सकेर गण्डकी मेडिकल कलेजमा दुई बर्ष मेडिकल अफिसरको रुपमा काम गरेका थिए । उनले सन् २०२२ मा भारतको डीवाई पाटिल मेडिकल कलेजबाट रेडियोलोजीमा एमडी गरेपछि जीपी कोइराला अस्पतालमा झन्डै ३ बर्ष काम गरेका थिए।

पछिल्लो एक बर्षदेखी उनि पोखरा विश्वबिद्यालयको शिक्षण अस्पतालमा प्राध्यापन गर्नुको साथै पोखरास्थित बिभिन्न अस्पतालमा समेत सेवा दिनमा ब्यस्त रहेको छन । डा. काफ्लेले चिकित्सकहरूको हक–हित ,सम्मान र पेशागत सुरक्षा एवम् गरिमाका लागि प्रतिबद्ध डा. रिजालको समूह सहित आँफुलाई सदस्य पदमा मतदान गर्न चिकित्सकहरुसंग आग्रह गरिरहेको गुरुकुल खबरसंग बताए ।

४ पुष २०८२, शुक्रबार १७:४३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा