पोखरा, नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनमा कास्की जिल्लाबाट केन्द्रीय समितिको सदस्य पदमा उमेदवारी दिएका दुईजना र अनुशासन आयोगको सदस्य पदमा उमेदवारी दिएका दुईजना बाहेक सबै उमेदवार बिजयी भएका छन।
उमेदवारहरु मध्ये केपी ओली समुहबाट अनुशासन आयोगमा उमेदवारी दिएका दुई जना र केन्द्रीय सदस्यमा उमेदवारी दिएका एक जनाको साथै इश्वर पोखरेलको समुहबाट केन्द्रीय सदस्यमा उमेदवारी दिएका एक जना पराजित भएको बुझिएको छ ।
कास्की जिल्लाबाट एमालेको महाधिबेशनमा केन्द्रीय सचिवका लागि खगराज अधिकारी र केन्द्रिय सदस्य पदमा जगत बिश्वकर्मा, कृष्ण थापा, राजिब पहारी, रश्मि आचार्य, मन्जु गुरुङ, प्रभा कोइराला, देवका पहारी, क्रान्ति बुर्लाकोटी, नवराज ओझा र जगन्नाथ बाँस्तोलाले उमेदवारी दिएका थिए।
उमेदवारी दिएकाहरु मध्ये सचिबमा बिजयी अधिकारी यस अगाडी एमाले स्थायी कमिटि सदस्य थिए भने बिश्वकर्मा पोलिट ब्युरो सदस्य रहेका थिए। थापा, पहारी, गुरुङ, कोइराला केन्द्रीय समितिको सदस्य थिए। अन्य बिजयीहरु केन्द्रीय समितिको लागि नयाँ अनुहार भएपनि एमाले पार्टी र जनबर्गीय संगठनमा लामो समय सक्रिय राजनीति गरेका व्यक्तिहरु नै हुन्।
केन्द्रीय सदस्यमा निर्बाचित मन्जु गुरुङ दोश्रो कार्यकालको लागि पोखरा महानगरपालिकाको उपप्रमुख निर्बाचित भएर काम गरिरहेकी छन। उनि पुर्व राष्ट्रपति विधादेबी भण्डारीकी मितिनी समेत हुन तर उनि पनि केपी ओली समूहबाट नै केन्द्रीय सदस्यको उमेदवार बनेकी थिईन।
गण्डकीको युवा क्लस्टरबाट केन्द्रीय सदस्यमा बिजयी नवराज ओझाले म्याग्दीका प्रकाश पौडेललाई पराजित गरेका हुन ओझा ओली समूहबाट र पौडेल पोखरेल समुहबाट चुनाबी प्रतिष्पर्धामा थिए। ओझा कास्कीको रुपा गाउँपालिकाको अध्यक्षको रुपमा दोश्रो कार्यकालको लागि पनि निर्बाचित भएर काम गरिरहेका छन ।
यसका साथै ई. भरतराज पहारी केन्द्रीय अनुशासन आयोगको अध्यक्षमा निर्बिरोध निर्बाचित भएका छन भने केसबहादुर केसी केन्द्रीय लेखा आयोगको सदस्यमा निर्बाचित भएको बताइएको छ।
यसरि उमेदवारी दिएकाहरु मध्ये केपी ओलीको समुहबाट उमेद्वारी दिएका जगन्नाथ बाँस्तोला बाहेक सबैजना बिजयी भएको महाधिबेशनमा सहभागी पोखरा महानगरपालिका वडा न.५ का नेकपा एमालेका अध्यक्ष लक्ष्मण बरालले गुरुकुल खबरलाई जानकारी दिए। ओलीको समुहमा रहेर अनुशासन आयोगको सदस्यमा उमेदवारी दिएका टिकाराम पगेनी र तेजनारायण अधिकारी दुवैजना पराजित बनेका छन ।
अध्यक्ष बरालका अनुसार कास्कीबाट सृजना शर्माले समेत केन्द्रीय सदस्य पदमा उमेदवारी दिएकी थिईन। कास्की जिल्लाबाट अरु सबैले ओली समुहबाट उमेदवारी दिएको भएपनि शर्माले भने पोखरेलको समुहबाट उमेदवारी दिएकी थिईन । उनि यस अगाडी पनि पार्टीको केन्द्रीय सदस्य एबम गण्डकी प्रदेशको उपसभामुख समेत बनेकी थिईन।
कास्कीको लेखनाथ घर भएपनि बागमती प्रदेशबाट प्रतिनिधित्व गरेर केन्द्रीय सदस्यको उमेदवार बनेका रामजी बास्तोला समेत पराजित बनेको एमाले युवा नेता प्रकाश ज्ञवालीले गुरुकुल खबरलाई जानकारी दिए ।
कास्की जिल्लाबाट महाधिबेशन प्रतिनिधि छनोट प्रक्रियामा पर्न नसकेपछि केन्द्रीय समितिद्वारा महाधिबेशन प्रतिनिधि मनोनित कास्कीका दिलिप न्यौपाने र दामोदर बैरागीको साथै यस अगाडिका केन्द्रीय सदस्य भिम कार्की समेत केन्द्रीय सदस्यको उमेदवार बन्ने चर्चा चलेको भएपनि अन्तिम अबस्थामा उनीहरु उनीहरु उमेदवार बनेनन ।
बरालका अनुसार कास्की जिल्ला बाट मात्र नभएर गण्डकी प्रदेशबाट समेत केपी ओली समुहका उमेद्वारहरु नै बिजयी भएको र इश्वर पोखरेलको समुहमा रहेर गण्डकी प्रदेशबाट उमेदवारी दिएका कसैले पनि निर्बाचनमा विजय प्राप्त गर्न सकेनन।
जसका कारण कास्की जिल्ला मात्र नभएर गण्डकी प्रदेश समेत केपी ओलीको प्रभाव क्षेत्रको रुपमा स्थापित हुन् पुगेको छ।



















