Play

एमाले महाधिबेशन: पोखरेल समुहका दर्जन नेता केन्द्रीय समितिमा, महासचिब खोजेका पाण्डे केन्द्रीय समिति बाहिर

गुरुकुल खबर


काठमाडौँ, नेकपा एमालेको ११औँ महाधिवेशनबाट केपी ओलीको नेतृत्व परिवर्तन गर्ने नारासहित प्रतिस्पर्धामा उत्रिएको ईश्वर पोखरेल र उनको समूहले महाधिबेशन प्रतिनिधिहरुबाट पाएको मतसंख्याको हिसाबले कमजोर देखिएको छ । महाधिबेशनबाट निर्बाचित हुने ३ सय १ जना केन्द्रीय पदाधिकारी एबम सदस्यहरु मध्ये पोखरेलको समुहबाट करीब एक दर्जन नेताहरुमात्र केन्द्रीय समितिमा प्रवेश गर्न पाउने अबस्था सिर्जना भएको छ । सार्वजनिक भएको मतपरिणामअनुसार, पोखरेल समूहबाट पदाधिकारीमा केवल दुई जना उम्मेदवारले जित हासिल गरे ।

अध्यक्षमा केपी शर्मा ओलीसँग ईश्वर पोखरेल भारी मतान्तरले पराजित हुँदा, उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहासचिवमा योगेश भट्टराई मात्र विजयी भए । विष्टले ओली समूहका गुरुराज बराल र भट्टराईले ओलीका विश्वासपात्र विष्णु रिमाललाई पराजित गरेका हुन् । एमालेको विधानअनुसार पदाधिकारीका उम्मेदवारहरू स्वतः खुल्ला केन्द्रीय सदस्यको उम्मेदवार मानिन्छन् । पदाधिकारीमा निर्वाचित हुँदा केन्द्रीय सदस्यको मत गणना हुँदैन, तर पराजित भएमा उनीहरूले पाएको मत केन्द्रीय सदस्यका लागि गणना हुन्छ ।

पोखरेल समूहबाट पदाधिकारीमा प्रतिस्पर्धा गरेका १९ जनामध्ये विष्ट र भट्टराईले पदाधिकारी जिते भने ९ जना नेताहरू पदाधिकारीमा हारे पनि केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । अध्यक्षमा पराजित ईश्वर पोखरेल १०८८ मतसहित केन्द्रीय सदस्यमा निर्वाचित भए । त्यस्तै, उपाध्यक्षमा पराजित बिन्दा पाण्डे (११२१ मत) पनि केन्द्रीय सदस्य बनिन् । उपमहासचिवमा पराजित आनन्द पोखरेल (९९७ मत) र सचिवमा पराजितहरू क्रमशः अग्नि खरेल (११३५), कर्ण थापा (१०२६), कृष्णगोपाल श्रेष्ठ (९९४), गोकुल बाँस्कोटा (११९५), ठाकुर गैरे (१२८४) र रचना खड्का (११२४) केन्द्रीय सदस्यमा विजयी भएका छन् ।

पोखरेल समूहलाई सबैभन्दा ठुलो धक्का महासचिव पदमा लागेको छ । महासचिवमा शंकर पोखरेलसँग पराजित भएका सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा पनि पराजित भए । महासचिवमा ९९९ मत ल्याएका पाण्डेले केन्द्रीय सदस्यका लागि गणना हुँदा ९६१ मत मात्र प्राप्त गरे, जुन जितका लागि आवश्यक ९९४ मतभन्दा कम थियो । सुरेन्द्र पाण्डेसहित पदाधिकारीमा उम्मेदवारी दिएका अन्य ६ जना नेताहरू पनि केन्द्रीय समितिबाट बाहिरिएका छन् ।

उपाध्यक्षका उम्मेदवारहरू अरुण नेपाल, टंक कार्की र परशुमेघी गुरुङ, उपमहासचिवका उम्मेदवार बैजनाथ चौधरी तथा सचिवका उम्मेदवारहरू पुरुषोत्तम पौडेल, विनोद ढकाल र इन्द्रलाल सापकोटा पदाधिकारी र केन्द्रीय सदस्य दुवै पदमा पराजित भए । केन्द्रीय समितिको भूगोलतर्फको प्रतिस्पर्धामा पोखरेल समूहका कुनै पनि उम्मेदवार विजयी हुन सकेनन् । खुलातर्फ भने ओली पक्षको सूचीमा समेत नाम रहेका कारण पोखरेल समूहका कतिपय उम्मेदवारहरूले मत पाएको देखिन्छ ।  यद्यपि सङ्गठित रूपमा यो समूहको उपस्थिति केन्द्रीय समितिमा कमजोर देखिएको छ ।

४ पुष २०८२, शुक्रबार ०९:१२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा