Play

लेखनाथ महोत्सब शुरु, पहिलो दिनमै ५० हजार दर्शक र सवा करोडको कारोबार

गुरुकुल खबर


पोखरा, लेखनाथ उद्योग वाणिज्य सङ्घद्वारा आयोजित २१ औँ संस्करणको लेखनाथ महोत्सव बिहिबारदेखि पोखरा–२७ को तालचोकमा शुरु भएको छ।  महोत्सवको पहिलो दिन बिहिबार नै करिब ५० हजार दर्शकले महोत्सब अवलोकन गरेको र करिब १ करोड २५ लाख रुपैया बराबरको कारोबार भएको महोत्सवका प्रचारप्रसार संयोजक ध्रुवबाबु भट्टराईले गुरुकुल खबरलाई जानकारी दिए ।

पुष ३ गते शुरु भएर १४ गतेसम्म चल्ने महोत्सब अवधिमा दुई लाख ५० हजार दर्शकले महोत्सव अवलोकन गर्ने र नौ करोड रुपैया बराबरको आर्थिक कारोबार हुने अनुमान गरिएको छ। महोत्सबबाट ९५ लाख रुपैया आम्दानी  भएपनि ८५ लाख खर्च हुने र १० लाख रुपैया बचत हुने अनुमान गरिएको भटृराईले बताए ।

महोत्सवबाट हुने बचत रकम नवउद्यमी उत्पादनमा पहल, उद्यमशीलता विकास, औद्योगिक क्षेत्र निर्माणका लागि पहल, पर्यटन प्रबर्द्दनसहित सामाजिक उत्तरदायित्वका क्षेत्रमा खर्च गरिने आयोजकले जनाएको छ । महोत्सबको उद्घाटन समारोहमा बिभिन्न जातीय एबम सांस्कृतिक झाँकीहरु समेत प्रदर्शन गरिएको थियो।

स्थानीय उत्पादन, कृषि, हस्तकला, औद्योगिक उत्पादनको बजारीकरणका कला, संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले आयोजित उक्त महोत्सव  ‘लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ भन्ने नारासहित सञ्चालन गरिएको छ ।

महोत्सवका आकर्षणका रूपमा औद्योगिक व्यापार मेला, स्थानीय कला संस्कृतिको प्रदर्शन, हस्तकलाका सामग्री, सूचना प्रविधि तथा सञ्चारका उपकरण, अटोमोबाइल, वित्तीय संस्थाको   सेवा तथा जानकारी दिने स्टलहरू राखिएको महोत्सवका प्रायोजक व्यवस्थापन उप–समितिका संयोजक विक्रम कर्माचार्यले जानकारी दिए ।

बिहिबार आयोजित एक बिशेष समारोहमा महोत्सबको उद्घाटन गर्दै गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले राजनीतिक स्थिरताबिना देशमा कुनै पनि गतिविधि अगाडि बढ्न नसक्ने बताए । आगामी फागुन २१ गते निर्वाचन सम्पन्न गर्न नसके देशमा ठूलो राजनीतिक सङ्कट निम्तने उनको भनाइ थियो । राजनीतिक स्थिरताले मात्र देशमा उद्योग व्यवसाय फस्टाउनुको साथै रोजगारी सृजना र राजस्वसमेत वृद्धि भई देशको अर्थतन्त्र बलियो हुने उनको भनाई थियो ।

उनले प्रदेश सरकारले उद्योग व्यवसायमा लगानीमैत्री वातावरण सृजना गर्ने र उद्योग व्यवसाय सञ्चालन र विकासमा प्रदेशका कुनै ऐन कानुन बाधक भए ती ऐन कानुन संशोधन गर्न प्रदेश सरकार तयार रहेको समेत बताए ।

गण्डकी प्रदेशमा उद्योग व्यवसाय स्थापना गर्न पोखराको लेखनाथस्थित पुडिटार र नवलपुरमा जग्गा प्राप्तिका लागि गण्डकी प्रदेश सरकारले आफ्नो योजना अगाडि बढाएको बताउँदै उनले गण्डकी प्रदेशमा उद्योग, पर्यटन र कृषिको प्रचुर सम्भावना रहेको उनले बताए ।

गण्डकी प्रदेश सरकारका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले देशमा भएका विभिन्न घटनाक्रमले उद्योगी व्यवसायको मनोबल खस्केको हुँदा उनीहरूको मनोबल उकास्नुपर्नेमा जोड दिए दिए ।

गण्डकी प्रदेश सरकारका वन तथा वातवरणमन्त्री भेषबहादुर पौडेलले निजी क्षेत्रबिना देशको अर्थतन्त्र बलियो हुन नसक्ने भएकाले निजी क्षेत्रसँग सहकार्य गर्दै सरकार अगाडि बढ्नुपर्नेबताए ।

नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले निजी क्षेत्रलाई अगाडि बढाउन सकेको खण्डमा देशको अर्थतन्त्र बलियो हुन सक्ने बताए ।

लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष समेत रहेकी महोत्सब मूल आयोजक समितिका संयोजक जानुका अधिकारी पराजुलीले पछिल्लो समय ब्यबसायीहरुको मनोबल गिरेको कारण त्यसलाई उकास्न, लेखनाथ क्षेत्रको पर्यटन, औधोगिक एबम ब्यबसायिक सम्भावनालाई उजागर गर्न महोत्सब आयोजना गरिएको बताइन।

अध्यक्ष पराजुलीले स्थानीय एबम राष्ट्रिय र अन्तराष्ट्रिय उत्पादनको प्रबर्द्दन सहित आपुर्ती गर्न तथा यस क्षेत्रका बासिन्दाहरुलाई बिभिन्न बास्तो एबम सेवा सरल र सहज ढंगले आपुर्ती गराउने उद्धेश्यले महोत्सब आयोजना गरिएको जानकारी दिईन ।

 

४ पुष २०८२, शुक्रबार ०८:४६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा