काठमाडौँ, नेकपा एमालेको ११ औं महाधिबेशनबाट निर्बाचित पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मका उम्मेदवारले पाएको मतपरिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगले बिहीबार दिउँसो उम्मेदवारले पाएको मतपरिणाम सार्वजनिक गरेको हो ।
सार्बजनिक गरिएको मतपरिणाम अनुसार केन्द्रीय समितिको अधिकांश केन्द्रीय सदस्य एबम पदाधिकारीहरु केपी ओलीको प्यानलबाट निर्बाचित भएका छन अध्यक्षमा निर्बाचित ओलीले १ हजार ६ सय ६३ मत पाएका छन ।
मतपरिणामअनुसार अध्यक्षमा केपी शर्मा ओली निर्वाचित भएका छन् भने महासचिवमा ओली समुहका शंकर पोखरेल निर्वाचित भएका छन् । यस्तै उपाध्यक्षमा ईश्वर पोखरेल प्यानलका एक जना निर्वाचित हुँदा सचिवमा पनि ईश्वर पोखरेल प्यानलका एक जना निर्वाचित भएका छन् । यसबाहेक पदाधिकारी र केन्द्रीय कमिटीमा ओली पक्षका धेरै उम्मेदवारले विजय हासिल गरेका छन् ।
प्रदेशगत हिसाबले हेर्दा कोशी प्रदेशले ५ अध्यक्ष सहित ५ जना पदाधिकारी, मधेश प्रदेशले १ पदाधिकारी, बागमती प्रदेशले चार जना पदाधिकारी, गण्डकी प्रदेशले ३ जना पदाधिकारी, लुम्बिनी प्रदेशले ४ जना पदाधिकारी एबम कर्णाली र सुदुर पश्चिम प्रदेशले १/१ जना पदाधिकारी प्राप्त गरेका छन।
उपाध्यक्षमा गुरुङलाई सबैभन्दा बढी मत
नेकपा एमालेको ११औं महाधिवेशनमा पृथ्वीसुब्बा गुरुङले पदाधिकारीमध्ये सबैभन्दा बढी मत ल्याएका छन् । बिहीबार सम्पन्न मतगणनाको परिणाम अनुसार गुरुङ सबैभन्दा बढी मत ल्याउने पदाधिकारी बनेका हुन् । उनलाई अध्यक्ष केपी शर्मा ओलीको भन्दा बढी मत प्राप्त भएको छ ।
उपाध्यक्षमा निर्वाचित गुरुङले १ हजार ७३७ मत पाए । जबकि अध्यक्षमा ओलीले पाएको मत १ हजार ६६३ छ । उपाध्यक्षका अर्का उम्मेदवार विष्णु पौडेलले पनि अध्यक्ष ओलीको भन्दा बढी मत पाएका छन् । पौडेलले १ हजार ६७५ मत पाएका हुन् ।
गण्डकी प्रदेशबाट गुरुङ सहित तिन पदाधिकारी
नेकपा एमालेको ११ औँ महाधिवेशनबाट गण्डकी प्रदेशले तीनजना पदाधिकारी पाएको छ । केपी शर्मा ओलीको प्यानलबाट उम्मेदवार बनेका तीनैजना निर्वाचित भएका हुन् । उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङ १ हजार ७ सय ३७ मतसहित विजयी हुँदा सचिवमा खगराज अधिकारी र पदमा अर्याल विजयी भए ।

गुरुङले पाएको मत पदाधिकारीमा सबैभन्दा धेरै हो । पदमाकुमारी अर्याल पनि पदाधिकारीमा सबैभन्दा बढी मत ल्याउने चौथो नम्बरमा परेकी छिन् । उनले १ हजार ५ सय ३० मत ल्याएकी हुन् । सचिवमा निर्वाचित खगराज अधिकारीले १ हजार ३ सय ३१ मत पाएका छन् ।
पदाधिकारीमा ईश्वर पोखरेल प्यानलबाट उम्मेदवार बनेका इन्द्रलाल सापकोटा पराजित भए । सचिवका उम्मेदवार उनले सबैभन्दा कम अर्थात् ४ सय ५ मत मात्र पाएका छन् ।
कोशी प्रदेश
१. केपी शर्मा ओली (अध्यक्ष)– झापा
२. योगेश भट्टराई (उपमहासचिव)– ताप्लेजुङ
३. शेरधन राई (सचिव)– भोजपुर
४. हिक्मतकुमार कार्की (सचिव)– झापा
५. भानुभक्त ढकाल (सचिव)– मोरङ
मधेस प्रदेश
१. रघुवीर महासेठ (उपमहासचिव)– धनुषा
बाग्मती प्रदेश
१. रामबहादुर थापा बादल (उपाध्यक्ष)– चितवन
२. रघुजी पन्त (उपाध्यक्ष)– काठमाडौँ
३. महेश बस्नेत (सचिव)– भक्तपुर
४. राजन भट्टराई (सचिव)– काठमाडौँ
गण्डकी प्रदेश
१.पृथ्वीसुब्बा गुरुङ (उपाध्यक्ष)– लमजुङ
२. पद्माकुमारी अर्याल (सचिव)– स्याङ्जा
३. खगराज अधिकारी (सचिव)– कास्की
लुम्बिनी प्रदेश
१. विष्णुप्रसाद पौडेल (उपाध्यक्ष)– रुपन्देही
२. गोकर्णराज विष्ट (उपाध्यक्ष)– गुल्मी
३. शंकर पोख्रेल (महासचिव)– दाङ
४. छविलाल विश्वकर्मा (सचिव)– रुपन्देही
कर्णाली प्रदेश
१. यामलाल कँडेल (सचिव)– सुर्खेत
सुदूरपश्चिम प्रदेश
१. लेखराज भट्ट (उपमहासचिव)– कैलाली





























