Play

कास्की: मङ्सिर महिनामा मात्र ८ जनाले आत्महत्या गरे, बिभिन्न अपराधिक घटनामा १३८ जना पक्राउ

गुरुकुल खबर


पोखरा, गत मङ्सिर महिनामा कास्की जिल्लामा ८ जनाले आत्महत्या गरेकोमा दुई जना महिला र ६ जना पुरुष रहेको प्रहरीले जनाएको छ। आत्महत्या गर्नेहरुमध्ये १८ देखि ४० बर्ष भित्रका २ महिला र २ पुरुष तथा ४० देखि ६० बर्ष भित्रको १ पुरुष र ६० बर्ष माथिको ३ पुरुष रहेको र ति सबैजनाले झुण्डीएर नै आत्महत्या गरेको प्रहरीले बुझिएको छ ।

मङ्सिर महिनामा भएका अपराधिक एबम अन्य घटना र आंफ्नो प्रगति विवरण भन्दै कास्की जिल्ला प्रहरी कार्यालयले सार्बजनिक गरेको विवरण अनुसार मङ्सिर महिनामा कास्कीमा जघन्य एबम गम्भीर अपराध सम्बन्धि ३३ वटा, महिला बालबालिका तथा जेष्ठ नागरिकसंग सम्बन्धित ७ वटा, आर्थिक अपराध सम्बन्धि ७८ वटा र अन्य अपराध सम्बन्धि ६८ वाट गरि कुल १ सय ८६ वटा मुद्दा दर्ता भएको र ति घटनामा संलग्न रहेको अभियोगमा १ सय ३८ जना पक्राउ परेको उल्लेख छ ।

एक महिनाको अबधिमा अदालतको फैसला कार्यान्वयनको क्रममा २ महिला र ७ पुरुष गरि ९ जना पक्राउ गरि उनीहरुबाट ३५ लाह १२ हजार ६ सय रुपैया बराबरको बिगो असुली गरिएको उल्लेख गर्दै प्रहरीले सार्बजनिक गरेको बिबरणमा सामाजिक हिँसा तर्फ २९ जना पिडित भएको र घरेलु हिँसा तर्फ १९ जना पिडित भएको उल्लेख गरिएको छ। मङ्सिर महिनामा कास्की जिल्लाबाट ४३ जना हराएको भन्ने निबेदन प्राप्त भएकोमा २२ जना फेला परेको प्रहरीको भनाई छ त्यस अबधिमा लागु औषधको सेवन तथा बेचबिखनको अभियोगमा २१ जना पक्राउ परेका थिए ।

मङ्सिर महिनामा कास्की जिल्ला भित्र ८ वटा सवारी दुर्घटनामा परि २ जनाको मृत्यु भएको र ९ जना घाइते भएको  थिए भने ११ वटा आगलागी संग सम्बन्धित घटनामा करिब १ करोड १४ लाख रुपैया बराबरको क्षती भएको कास्की प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एबम प्रबक्ता हरिबहादुर बस्नेतले हस्ताक्षर गरि जारी गरेको विवरण बिस्तृतमा हेर्न तल क्लिक गर्नुहोस ।

मंसिर महिनाको प्रेस विज्ञप्ती

२ पुष २०८२, बुधबार २०:२४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा