Play

एमाले महाधिबेशन: चुनाबी प्रतिष्पर्धाको लागि ओली र पोखरेलको प्यानल बन्दै

गुरुकुल खबर


काठमाडौँ, नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टी अध्यक्षका लागि बर्तमान अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलबिच प्रतिस्पर्धा हुने निश्चित भएको छ । सोमबार ओली र पोखरेलले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन् । ओलीले तेस्रो कार्यकालका लागि नेतृत्वमा उम्मेदवारी दिएका हुन् ।

दुई कार्यकाल अध्यक्ष भइसकेका ओलीले विधान संशोधन गराएर दुई कार्यकालको सीमितता सम्बन्धी प्रावधान र ७० वर्षे उमेरहदलाई खारेज गराएका थिए । पोखरेल भने १०औँ महाधिवेशनपछि वरिष्ठ उपाध्यक्ष पदमा रहँदै आएका छन् । उनले पनि अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराइसकेका छन् ।

यसैबीच ओली र पोखरेल समुहले प्यानल नै बनाउने तयारी गरेका छन जस अनुसार ओली पक्षले पदाधिकारीसहित केन्द्रीय सदस्य पदमा उम्मेदवारको सूची नै तयार पारिसकेको छ । अध्यक्ष, उपाध्यक्ष, महासचिव र उपमहासचिव पदमा यसअघि पदाधिकारी रहेका अनुहार नै समेटिएका छन् ।

यसैगरी अध्यक्षमा केपी ओलीसंग प्रतिष्पर्धामा उत्रिने तयारी गरेका इश्वोर पोखरेलको प्यानलबाट पनि पदाधिकारीहरु तय गर्ने प्रक्रिया अगाडी बढेको छ। पोखरेलको प्यानलमा समेटिनेहरु अधिकांश स्वतन्त्र रुपमा उमेदवारी दिने चाहना गरेका हरु नै रहेका छन ।

अध्यक्ष केपी ओलीको समुहबाट सचिवमा भने ६ जना नयाँ अनुहार समेटिएको बुझिएको छ । सचिवमा गण्डकी प्रदेशको कास्की जिल्लाका खगराज अधिकारीको साथै यामलाल कँडेल, डा.राजन भट्टराई, हिक्मतकुमार कार्की, शेरधन राई र महेश बस्नेतलाई ओली पक्षले उम्मेदवार बनाएको छ । यी ६ जना अहिलेसम्म पदाधिकारी पदको लागि नयाँ अनुहार हुन् ।

यामलाल कँडेल, डा. राजन भट्टराई, भानुभक्त ढकाल, शेरधन राई, हिक्मतकुमार कार्की १०औँ महाधिवेशनपछि स्थायी कमिटी सदस्य थिए । यस्तै सचिवमै उम्मेदवार बनाइएका बस्नेत भने यसअघि पोलिटब्यूरो सदस्य थिए ।

यसैगरी अध्यक्षका अर्का प्रत्याशी इश्वर पोखरेलको समुहबाट उपाध्यक्षमा गोकर्ण विष्ट, परशुमेघी गुरुङ, विन्दा पाण्डे, अरुण नेपाल, रघुजी पन्त र टंक कार्कीलाई समेटिएको छ । त्यसमा एक जना बढी भएकाले पछि छलफल गरेर मिलाइने पोखरेल समूहका एक नेताले बताए ।

यसैगरी पोखरेल समुहको उपमहासचिवमा  योगेश भट्टराई, आनन्द पोखरेल र बैजनाथ चौ‍धरीको उम्मेदवारी रहेको छ भने महासचिवमा सुरेन्द्र पाण्डेको उम्मेदवारी रहेको छ।   यस्तै सचिवमा रचना खड्का , कर्ण थापा, गोकुल बास्कोटा , विनोद ढकाल , कृष्णगोपाल श्रेष्ठ, ठाकुर गैरे, इन्द्रलाल सापकोटा र पुरुषोत्तम पौडेलको उम्मेदवारी रहेको छ।

अस्मिता थापा बनिन सबै भन्दा कम उमेरकी उमेदवार

२०७९ को स्थानीय तह निर्वाचनमा सबैभन्दा कम उमेरको जनप्रतिनिधि बनेकी ओखलढुंगाको लिखु गाउँपालिका उपाध्यक्ष अस्मिता थापा एमाले केन्द्रीय कमिटीमा पनि सबैभन्दा कान्छो उम्मेदवारका रुपमा डेब्यु गरेकी छन् ।  थापा नेकपा एमालेको ११औं महाधिवेशनमा जेनजी पुस्ताबाट उम्मेदवार बनेकी छन् । थापाले केपी ओली प्यानलबाट उम्मेदवारी दर्ता गराएकी छन् ।  २९ वर्षीया थापा खुला केन्द्रीय सदस्यको महिला क्लस्टरमा उम्मेदवारी दर्ता गराएकी हुन् ।

उनको प्रस्तावकमा कोशी प्रदेशकी मन्त्री सिर्जना राई र समर्थकमा अनेरास्ववियुका उपाध्यक्ष विकास श्रेष्ठ बसेका छन् । कोशी प्रदेशका नेताहरुले उनलाई केन्द्रीय सदस्यमा प्रस्ताव गरेका थिए । हाल ओखलढुंगा जिल्ला कमिटी उपसचिव रहेकी थापा अनेरास्ववियुको केन्द्रीय सचिवालय सदस्य रहेकै बेला २०७९ को स्थानीय तह निर्वाचनमा लिखु गाउँपालिका उपाध्यक्ष बनेकी थिइन् ।

उने पार्टीमा आफूहरुजस्ता नयाँ पुस्ता,आन्दोलनबाट स्थापित युवा नेताहरुसहितको दोस्रो पुस्ता र पार्टी स्थापनादेखि देशमा लोकतान्त्रिक तथा कम्युनिस्ट आन्दोलनको नेतृत्व गरेको पहिलो पुस्तासहितको समिश्रणमा नयाँ रुपान्तरण आवश्यक भएको बताएकी छन् ।

२९ मंसिर २०८२, सोमबार १६:१५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा