पोखरा, नेपाली कांग्रेसका स्यांग्जाका नेता एबम गण्डकी प्रदेशका सांसद भोजराज अर्याललाई पुत्र शोक परेको छ। उनका छोरा माधव अर्याल ( मुक्ति) को ३८ बर्षको उमेरमा उपचारको क्रममा सोमबार पोखरामा निधन भएको हो ।
पछिल्लो समय जापानमा बस्दै आएका माधव जन्डिसको गम्भीर बिरामी भएपछि उनलाई करिब ५ महिना अगाडी नेपाल ल्याइएको थियो। त्यसपछि पोखरा लगायत बिभिन्न स्थानमा उनको उपचार गरिएको भएपनि सोमबार उनको निधन भएको हो ।

स्व. माधवकी श्रीमती दिपा र ९ बर्षीय छोरा आदीन रहेका छन। उनको पोखराबाट वालिंग स्थित निवासमा शव लगेर अन्तिम श्रद्दान्जली अर्पण गरेपछि रामदी नदीमा अन्त्येष्टि गरिने बुझिएको छ ।
उनको निधन भएको खबरसंगै पोखरामा रहेका नेपाली काँग्रेसका नेताहरु सहित जनप्रतिनिधिहरु अस्पतालमा पुगेर स्व. माधव प्रति श्रद्दान्जली अर्पण गर्नुको साथै प्रदेश सांसद अर्यालसहित परिवारजनमा समबेदना प्रकट गरेका थिए।

स्व. माधब कांग्रेस नेता भोजराज अर्यालका जेठा छोरा हुन। भोजराज अर्यालले तत्कालिन वालिंग गाबिसको अध्यक्ष र वालिंग नगरपालिकाको प्रमुख समेत रहेर काम गरेका थिए।
नेपाली काँग्रेसमा लामो समयदेखि क्रियाशील भोजराजकी श्रीमती भगवती अर्याल र र अर्को छोरा मिलन एबम छोरीहरु मनिषा र ममता रहेको बुझिएको छ ।



















