Play

नेपाली काँग्रेस केन्द्रिय समितिको आकस्मिक बैठक भोलि बस्दै

गुरुकुल खबर


पोखरा, नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक यहि मङ्सिर २८ गते सोमबार (भोलि) बस्ने भएको छ। नेपाली काँग्रेसको १५ औं महाधिबेशन र फागुन २१ गते हुने संसदीय निर्बाचनको बिषयलाई लिएर अनेक किसिमका बहस र अनुमानहरु हुने गरेको बेला कांग्रेसको आकस्मिक बैठक बोलाइनुलाई महत्वका साथ् हेरिएको छ।

नेपाली काँग्रेसका नेता आमोद प्रसाद उपाध्यायको समेत निधन भएको समयमा बैठक डाकिएपछि कतिपय केन्द्रिय सदस्यहरुले समेत किन आकस्मिक बैठक डाकिएको होला भन्ने जिज्ञासा राख्न थालेका छन। तर कांग्रेस नेता एबम पुर्व मन्त्री उपाध्यायको निधनमा शोक प्रस्ताब पारित गर्न बैठक डाकिएको हुनसक्ने कतिपय केन्द्रिय सदस्यहरुले बताएका छन ।

बैठकमा केन्द्रीय समितिका पदाधिकारीहरु, केन्द्रीय सदस्यहरु, आमन्त्रित सदस्य र सात वटा प्रदेशका कांग्रेस सभापतिलाई आमन्त्रण गरिएको कांग्रेस केन्द्रिय कार्यालयका मुख्य सचिब कृष्णप्रसाद पौडेलले गुरुकुल खबरलाई जानकारी दिए ।

 

 

२८ मंसिर २०८२, आईतवार १४:४७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा