Play

जंगलमा ढलेका भारतीय राजदुत नबिन श्रीवास्तबको शल्यक्रिया सम्पन्न

गुरुकुल खबर


काठमाडौं, काठमाडौँको दक्षिण क्षेत्रस्थित चम्पादेवी जंगलमा हाइकिङ गएका बेला अचानक हृदयाघात भएर ढलेपछि सेनाको हेलिकप्टरबाट उद्धार गरिएका भारतीय राजदूत नवीन श्रीवास्तवको मुटुको शल्यक्रिया ग्रान्डी अस्पतालमा सम्पन्न भएको छ। अस्पताल स्रोतका अनुसार उहाँको मुटुको देब्रे नशामा ‘म्यासिभ हार्टअट्याक’ भएको हो। ‘आकस्मिक रूपमा उहाँको मुटुमा स्टेन राखेर ब्लकेज खोलिएको छ,’ उपचारमा संलग्न एक चिकित्सकले जानकारी दिनुभयो।

राजदूत श्रीवास्तवको शल्यक्रियामा चिकित्सक नरेश महर्जन र रञ्जित शर्मासहितको टिम संलग्न थियो। ‘सफलतापूर्वक उहाँको मुटुमा स्टेन राखिएको छ, अब सिसियुमा सार्ने तयारी छ,’ चिकित्सकले भन्नुभयो । शनिबार दिउँसो चम्पादेवीको जंगलमा हाइकिङका क्रममा अचानक लडेपछि उहाँलाई नेपाली सेनाले हेलिकप्टरबाट उद्धार गरेको थियो। उहाँलाई तत्काल उपचारका लागि ग्रान्डी अस्पताल पुर्‍याइएको थियो।

उहाँसहित तीन जनाको टोली शनिबार चम्पादेवी जंगल भ्रमणमा गएका बेला राजदूत श्रीवास्तव अचानक लड्नु भएकाे थियाे। उहाँ लडेकोबारे नेपाली सेनाले जानकारी प्राप्त गरे पनि लोकेसन ट्र्याक गर्न धेरै बेर लागेको सेनाका एक उच्च अधिकारीले जानकारी दिनुभयाे। सेनाका अनुसार ठूलो संख्यामा नेपाली सेनाका सैनिकहरू तीन जनालाई खोज्न परिचालन भएकाे थियाे।

‘बल्लतल्ल लोकेसन ट्र्याक भएपछि हामीले उहाँको हेलिकप्टरबाट उद्धार गर्‍यौँ,’ सैनिक स्राेतले भन्यो। उहाँलाई हेलिकप्टरबाट तत्काल उद्धार गरेर उपचारका लागि टोखास्थित ग्रान्डी अस्पताल पुर्‍याइएको थियो।

२८ मंसिर २०८२, आईतवार ०७:१९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा