पोखरा, कास्की जिल्लाबाट स्पेनमा पुगेर बसोबास गर्दै आएका कस्केलीहरुको संस्था कास्की आदर्श समाज स्पेनले कास्कीको अन्नपूर्ण गाउँपालिकामा खेल मैदान सहितको संरचना निर्माणको लागि १ लाख ७५ हजार रुपैया आर्थिक सहयोग प्रदान गरेको छ।
कास्की समाज स्पेनका अध्यक्ष कुमार गुरुङको सकृयतामा उकत रकम संकलन गरिएको संस्थाले जनाएको छ ।
स्थानीय चण्डी युवा क्लबको भवन र सोहि क्लबले संचालन गर्ने खेल मैदान निर्माणको लागि उक्त रकम हस्तान्तरण गरिएको कास्की आदर्श समाज स्पेनका पुर्व अध्यक्ष बलबहादुर कार्कीले गुरुकुल खबरलाई जानकारी दिए।
कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष सन्तोष तिमिल्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको संचालन कास्की आदर्श समाज नेपालका अध्यक्ष विश्वबन्धु थापाले गरेका थिए ।



















