Play

तनहुँमा प्रतिनिधिसभा र राष्ट्रियसभाको लागि उमेदवार थपिंदै, केन्द्रिय सदस्य भण्डारीको नाम दुवै क्षेत्रमा

गुरुकुल खबर


दमौली, नेपाली काँग्रेसले तनहुँको क्षेत्र नं १ र २ मा प्रतिनिधि सभाको सदस्यमा प्रत्यक्ष एबम समानुपातिक उमेदवार बन्न चाहनेहरुको नाम संकलन गरेको जनाएको छ। जिल्लाको दुई निर्बाचन क्षेत्रबाट करिब २५ जनाले प्रतिनिधिसभाको प्रत्यक्ष एबम समानुपातिक तर्फ र राष्ट्रिय सभाको सदस्यको लागि उमेदवार बन्न पार्टीमा नाम दर्ता गराएको बुझिएको छ।

दुवै निर्बाचन क्षेत्रबाट उमेदबारको लागि सिफारिस नामावलीमा केन्द्रिय सदस्य शंकर भण्डारीको नाम भने दुवै क्षेत्रमा रहेको छ। उनि यस अगाडी तनहुँको क्षेत्र न. २ बाट निर्बाचित भएपनि उनको चाहना क्षेत्र न. १ बाट उमेदवार बन्ने रहेको थियो। तर पार्टीले कांग्रेसका तत्कालिन बरिष्ठ नेता रामचन्द्र पौडेललाई उक्त क्षेत्रबाट उमेदवार बनाएपछि भण्डारी क्षेत्र न. २ बाट उमेदवार बन्न बाध्य भएका थिए। यसपटक दुवै क्षेत्रका कार्यकर्ताले भण्डारीलाई चुनाब लड्न आग्रह गरेकोले उनको नाम दुबै क्षेत्रबाट सिफारिस हुने सम्भावना रहेको भण्डारीको सचिबालयले जनाएको छ ।

तनहुँ क्षेत्र नं १ मा प्रतिनिधिसभाको प्रत्यक्ष तर्फ उमेदवार बन्नको लागि नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम पुर्व मन्त्री शंकर भण्डारी, केन्द्रिय सदस्य गोबिन्द भट्टराई, डा. जगदिशचन्द्र पोखरेल, रामचन्द्र पोखरेल, उदयराज गौली, दिपक भट्टराई, रेशम गुरुङ, सरिता गुरुङ, रमेशबाबु भट्राई र उद्धव पौडेल रहेका छन् ।

क्षेत्र न. १ बाट समानुपातिक तर्फ समुन्द्र गोदार, पवित्रादेवी पौडेल, चिनु पोखरेल, यमुना वि.क (दलित कोटातर्फ), हरिदत्त पौडेल, ओजराज पौडेल, डोवाटे वि.क, प्रकाश पन्थ (अपाङग तर्फ), गोविन्द ढकाल र एलिजा ढकालले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै तनहुँ क्षेत्र नं २ मा प्रत्यक्ष तर्फ केन्द्रिय सदस्य शंकर भण्डारी, केन्द्रीय सदस्य प्रदीप पौडेल, आमन्त्रित केन्द्रीय सदस्य पुष्पराज पराजुली , क्षेत्रीय सभापति चुडामणि खनाल र चामबहादुर थापाको नाम रहेको छ । यस क्षेत्रबाट समानुपातिक तर्फ भने माया राना र इन्दिरा खनालको मात्र नाम दर्ता भएको छ ।  राष्ट्रियसभा तर्फ भने लक्ष्मी आचार्यले उम्मेदवारी दर्ता गराएका छन् ।

नेपाली कांग्रेसको तर्फबाट तनहुँको क्षेत्र न. १ र २ बाट प्रतिनिधि सभा र राष्ट्रिय सभाका आकांक्षी थपिएका छन् । नेपाली कांग्रेस तनहुँले दिएको जानकारी अनुसार प्रतिनिधि सभा तर्फ आइतबार तनहुँ क्षेत्र नं १ बाट क्षेत्रीय सभापति श्याम मौरती ,पुरुषोत्तम खनाल र मिरा जोशीले उम्मेदवारी दर्ता गराएकी छन् । मौरती र खनालले प्रत्यक्ष र जोशीले समानुपातिक तर्फ उम्मेदवारी दर्ता गराएकी हुन् ।

त्यस्तै तनहुँ क्षेत्र नं २ बाट प्रतिनिधि सभामा नविन खनालले उम्मेदवारी दर्ता गराएका छन् ।खनालले प्रत्यक्ष तर्फ उम्मेदवारी दर्ता गराएका हुन् । खनाल नेपाल कांग्रेसका आर्थिक विभागका सचिव हुन् । राष्ट्रियसभा तर्फ भने केन्द्रीय सदस्य ध्रुब वाग्ले, नेपाली काँग्रेस तनहुँका पुर्व सभापति रघुनाथ पौडेल, पूर्व जिल्ला सचिव प्रा.डा. कृष्णप्रसाद गौतम, नेपाल प्रेस युनियनका पुर्व अध्यक्ष कुलचन्द्र वाग्ले, अर्जुन अधिकारी र विद्या खनालले उम्मेदवारी दर्ता गराएका हुन् ।

राष्ट्रिय सभाका लागि २४ गते सम्म उम्मेदवारी दर्ता गर्न सकिने भएको छ । यस अघि आइतबार दुबै निर्वाचन क्षेत्रमा झण्डै दुई दर्जनले उम्मेदवारी दर्ता गराएका थिए। आइतबार नाम टिपाएका उदयराज गौली र गोविन्द ढकालले  आधिकारिक फारम नभरेको बताइएको छ ।

२३ मंसिर २०८२, मंगलवार २१:५८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा