Play

स्थानीय तहमा नवप्रवेशी कर्मचारीको लागि सेवा प्रवेश तालिम पोखरामा सम्पन्न

गुरुकुल खबर


पोखरा, गण्डकी प्रदेश लोकसेवा आयोगबाट सिफारीस भएर स्थानीय तहमा कार्यरत रहेका कर्मचारीहरुको लागि गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान पोखराले आयोजना गरेको ५ दिने सेवा प्रवेश तालिम सम्पन्न भएको छ। गण्डकी प्रदेश सरकारका प्रमुख सचिव डन्डूराज घिमिरेको प्रमुख आथित्यतामा  तालिम सम्पन्न भएको थियो ।

तालिम कार्यक्रमको समापनमा बोल्दै प्रमुख सचिब घिमिरेले प्रदेश निजामती सेवाको शान भनेको सेवा प्रवाहमा कुशलता एव पारदर्शिता हो भन्दै स्थानीय तहमा जनताले आशा गरे अनुरुप सेवा प्रवाहमा सुधार ल्याउन तालीम उपयोगी बन्ने बताए ।

प्रतिष्ठानका निर्देशक लक्ष्मण तिमिल्सिनाले तालिम कार्यक्रमको समिक्षा प्रस्तुत गरेको उक्त समारोहको संचालन प्रतिष्ठानका प्रशिक्षण तथा अनुसन्धान अधिकृत इन्जिनियर मनोज पौडेलले गरेका थिए। राष्ट्रीय परीक्षा बोर्ड प्रदेश कार्यालयका प्रमुख भाष्कराज पन्त, सहभागीको तर्फबाट प्रतिक्षा डुम्रे पराजुली र कुबेर जंग मल्लले आफ्ना अनुभव ब्यक्त गरेका थिए।

कुल ७२ जना सहायकस्तर चौथो र पाचौ तहका प्रशासन तर्फका कर्मचारी सहभागी उक्त तालिम ५ दिनसम्म चलेको प्रतिष्ठानका कार्यकारी निर्देशक सुरेन्द्र तिवारीले बताए। सेवा प्रवेश तालिममा  स्थानीय तहका कर्मचारीको लागी दैनिक काममा सहजता ल्याउने गरी व्यवहारीक कक्षा संचालन गर्नुका साथै स्थानीय तहको काम कर्तव्य अधिकार, खरिद प्रक्रिया,बजेट निर्माण एव व्यवस्थापन, विकास योजना, भवन निर्माण मापदण्ड, योजना अनुगमन, मुल्यांकन ,जिन्सी व्यवस्थापन, अभिलेख व्यवस्थापन लगायतका विषयमा ज्ञान दिइएको प्रतिष्ठानका निर्देशक लक्ष्मण तिमिल्सिनाले गुरुकुल खबरलाई जानकारी दिए।

प्रतिष्ठानको आयोजनामा यही मंसीर २१ गते देखी प्राविधिक चौथो र पाचौ तहका कर्मचारीको सेवा प्रवेश तालिम संचालन गर्न लागिएको प्रतिष्ठानका प्रशिक्षण तथा अनुसन्धान अधिकृत इन्जिनियर मनोज पौडेलले बताए ।

१९ मंसिर २०८२, शुक्रबार २१:५४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा