Play

शुक्रबारदेखि पोखराको हेमजामा साहित्य महोत्सब हुँदै, देशभरका एकसय बढि स्रष्टाहरू सहभागी बन्ने

गुरुकुल खबर


पोखरा, हेमजामा भोलि र पर्सि अर्थात् मङ्सिर १९ र २० गते हुन लागेको प्रथम हेमजा साहित्य महोत्सवको तयारी पुरा भएको छ । मुल आयोजक समितिका अध्यक्ष शंकरमणि त्रिपाठी ‘छन्दमणि’ का अनुसार विभिन्न उपसमितिले आ– आफ्नो तयारी पुरा गरेका छन् ।  विशुद्ध मौलिक साहित्य महोत्सवको रुपमा रहेको यो महोत्सवमा कास्की जिल्ला वाहिरबाट १ सय बढि साहित्यकार र एउटै मञ्चमा देखा पर्नेछन् । दुई दिने महोत्सवमा देशभरका चर्चित कवि, लेखक, कलाकार तथा स्रष्टाहरूको उपस्थिति रहनेछ।

‘मौलिक पहिचानको संरक्षण र संवद्र्धन गर्ने उद्देश्यका साथ आयोजना गरिएको यो महोत्सवमा देशभरका प्रख्यात साहित्यकार एउटै मञ्च देख्न पाईनेछ’ संयोजक छन्दमणिले भने । हेमजामा पहिलो पटक आयोजना गरिएको हेमजा साहित्य महोत्सवमा १९ गते साहित्यका कार्यक्रम र २० गते कविवर मुकुन्दशरण उपाध्याय रथारोहण एवं अभिनन्दन कार्यक्रम रहेको मुल आयोजक समितिका महासचिव शिव त्रिपाठीले जानकारी दिए ।

महोत्सवको १९ गते जिल्ला वाहिरबाट आएका साहित्यकारले आ–आफ्ना सिर्जना प्रस्तुत गर्ने छन् । जस अन्तर्गत कविता, गीत, गजल, मुक्तक लघुकथा वाचन रहने छ भने नाटक तथा रंगमञ्च, महाकाव्य लेखन, आख्यान लेखन सम्बन्धि परिसम्वाद कार्यक्रम रहेको त्रिपाठीले जानकारी दिए । साहित्य, संस्कृति र समग्र हेमजाको पहिचान गर्ने उद्देश्यले आयोजना गरिएको यो कार्यक्रम सफल बनाउन स्थानीय समुदाय, साहित्यिक संस्था, विद्यालय तथा स्वयम्सेवी समूहहरूको सहयोग रहेको उनले जानकारी दिए ।

विशेष गरी साहित्य, संस्कृतिचेतना र काव्यिक योगदानका आधारमा कविवर मुकुन्दशरण उपाध्यायलाई रथारोहणसहित अभिनन्दन गर्ने कार्यक्रम महोत्सवको मुख्य आकर्षण बनेको छ। रथारोहण कार्यक्रममा कविवर उपाध्यायको साहित्यिक यात्राका महत्वपूर्ण पक्षहरू प्रस्तुत गरिएको सांस्कृतिक झाँकीसहित विविध प्रस्तुतिहरू समेत रहने त्रिपाठीले जानकारी दिए । महोत्सवका क्रममा कविता वाचन, पुस्तक विमोचन, साहित्यिक परिसंवाद , सांस्कृतिक प्रस्तुति तथा स्थानीय कला–संस्कृतिको प्रदर्शनीसमेत हुनेछ।

१८ मंसिर २०८२, बिहीबार २०:३५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा