पोखरा, नेपाल परिवार नियोजन संघ कास्की शाखाले संचालन गरेको यौन तथा प्रजनन् स्वास्थ्य सचेतना कार्यक्रम पोखरा महानगरपालिका वडा नं ३ स्थित कन्या क्याम्पसमा बुधबार सम्पन्न भएको छ ।
२४ वटा विद्यालय तथा कलेजमा यौन तथा प्रजनन् स्वास्थ्य सचेतना कार्यक्रम संचालन गर्ने लक्ष राखिएको नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलले जानकारी दिए । १६ देखि २१ वर्ष उमेर समूहका विद्यार्थीलाई लक्षित गरी कार्यक्रम संचालन गरिएको हो ।
कार्यक्रममा बोल्दै कन्या क्याम्पसका प्रमुख सुरेश मानन्धरले क्याम्पसमा अभियान ल्याइएकोमा खुशी व्यक्त गरे ।
कार्यक्रममा नेपाल परिवार नियोजन संघ कास्कीका कोषाध्यक्ष विष्णु प्रसाद दाहाल, बरिष्ठ शाखा प्रवन्धक नबराज तिवारी र कर्मचारी सुरज चौधरीले सहजिकरण गरेका थिए ।

















