Play

पोखरा लनर्स एकेडेमीमा १९ औं खेल सप्ताह कार्यक्रम शुरु

गुरुकुल खबर


पोखरा, पोखरा लनर्स एकेडेमीको १९ औँ वार्षिक खेलकुद कार्यक्रम सुरु भएको छ ।पोखरा ७ माछापुच्छ्रेमार्ग स्थित स्कुलको आफ्नै खेल मैदानमा १९ औंखेलकुद सप्ताह सुरु भएको हो ।

पोखरा महानगरपालिकाका वरिष्ठ शिक्षा अधिकृत कृष्णप्रसाद भण्डारीले विद्यार्थीहरुले तयार गरेको बेलुन उडाएर खेल सप्ताह सुरु भएको घोषणा गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिकाअध्यक्ष ईश्वर बन्धु गौतमको अध्यक्षतामा भएको उद्घाटन सभामा प्रमुखअतिथि भण्डारीले विद्यार्थीको चौतर्फी विकासको लागि खेल अपरिहार्य हुने बताए ।

शिक्षक कृष्ण लम्सालले सञ्चालन गरेको कार्यक्रममा गण्डकी विश्वविद्यालयका उपप्राध्यापक आशिष आचार्य, सलुट गोर्खा प्रालिका अध्यक्ष राहुल पाण्डे, विद्यालयका संस्थापक प्राचार्य विधान गौतम लगायतले आआफ्नो भनाई राखेका थिए ।

कार्यक्रममा सह प्राचार्य उष्णा गौतमले विद्यार्थीको एककिसिमको गहना खेलकुद पनि हो भन्दै खेलकुदले नियममा रहन सिकाउने बताइन ।

शैक्षिक विभाग प्रमुख आदर्श घिमिरेले विद्यार्थीलाई आँफु सहभागी भएको खेलमा निरन्तरता दिनआग्रह गरेका थिए।

शिक्षक सरस्वती पोख्रेलले जीवन परिवर्तनको लागि खेलले पहिचान बढाउने बताइन ।

विद्यार्थीहरुले तेक्वान्दोको काँताप्रदर्शन, नृत्य प्रदर्शन, बेलुन फुटाईलगायतअन्य खेलहरु खेलेका थिए ।विभिन्न समुहमा विभाजन गरि खेलकुद प्रतियोगिता संचालन गरिएको हो ।

१८ मंसिर २०८२, बिहीबार ०९:४५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा